प्रधानन्यायाधीशले तोके आफूसहितको ६ इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारको लागि मुद्धाको पेशी तोकेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशरु र नेपाल बार प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिरहेका बेला राणाले सोमबारका लागि ६ वटा इजसाल तोकेका हुन्। जबराले आफूसँगै न्यायाधीश कुमार चुडाल रहेको संयुक्त इजलास तोकेका छन्। यसअघि जबराले आफ्ना लागि इजलास तोकेका थिएनन् ।

आज सबै इजलास बन्दी प्रत्यक्षीकरणको मात्र तोकिएको छ। जसअन्तर्गत विश्वम्भरप्रसाद श्रेष्ठ र मनोज कुमार शर्मा, बमकुमार श्रेष्ठको एकल इजलास,

प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको संयुक्त इजलास, कुमार चुडालको एकल इजलास, तेज बहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास तोकिएको छ।

कुल ६ वटा इजलास तोकिएकोमा ७ वटा मुद्दा सुनुवाइका लागि पेसीमा चढेका छन् ।

यतिबेला सर्वाेच्चका न्यायधिशसहित नेपाल वार एसोसियसन राणाविरुद्ध आन्दोलन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय