गुल्मी कार्तिक १७

गुल्मीमा चराउन लगेका ८ वटा बाख्रा हराएका छन् । जिल्लाकाे मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका रहेको छापहिले व्यवसायीक बाख्रा पालन फर्मका ८ वटा बाख्रा साेमबार दिउँसो हराएको फर्मका संचालक नर बहादुर महताराले बताए ।

छिमेकी धन बहादुर महतराले चराउन लगेको समयमा बाख्रा हराएका हुन् ।

साेमबार दिउँसो साेही ठाउँकै पन्लापाटा भन्ने स्थानमा चराउन लगेको समयमा चराउन लगेका ४९ वटा बाख्रा मध्ये ८ वटा बाख्रा हराएको फर्म संचालक महताराले बताए ।खाेजी कार्य गर्दा बुधबार दिउँसोसम्म फेला नपरेकोले चाेरी भएको हुन सक्ने बाख्राधनीकाे अनुमान रहेको छ ।

प्रति बाख्रा करिब ७ देखि ८ हजार सम्म मुल्य पर्ने ८ वटा बाख्रा हराउँदा ५६ देखि ६४ हजार बराबरको क्षति भएको बाख्रा फर्मले जनाएको छ ।

चराउन लगिएको क्षेत्रमा खाेजी कार्य गर्दा बाख्राहरुकाे बन्यजन्तुकाे आक्रमणबाट मरेको हुन सक्ने बिषयमा रगत, राैं, खुट्टा र कुनै अवशेष फेला नपरेकाेले मान्छेले चाेरेकै हुन सक्ने स्थानीय तथा बाख्रा धनीकाे संका रहेको छ ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here