शालिमे क्षेत्रको बिकास बिना यो क्षेत्रको संबृद्धी संभव छैन- नगर सभापती घिमिरे

नेपाली कांग्रेस नगर कार्य समिती मुसिकोटका सभापती मोहन घिमिरेले आज मुसिकोट नगरपालिका वडा न ८ पुरानागांउमा सरस्वती

युवाक्लबद्वारा आयोजित कार्यक्रमलाई संबोधन गर्दै शालिमे क्षेत्रको एकीकृत बिकास बिना उक्त क्षेत्रको संबृद्धी संभव नहुने बताएका छन। क्लबको तेस्रो बार्षिक उत्सव तथा दशै तिहार विशेष खेलकुद कार्यक्रमलाई संबोधन गर्दै घिमिरेले नगरपालिकाले सुरक्षित खेल मैदान निर्माण समेत गर्न नसकेको बताए ।

शालिमे क्षेत्रको एकीकृत बिकासको लागि कला, संस्कृती र पर्यटन तथा खेलकुदको एकीकृत ढंगले बिकास गर्नु पर्ने

आबश्यकता औल्याउदै घिमिरेले मुसिकोट नगरपालिकाको बिगत पाच बर्षको कार्यशैलिको गम्भीर समीक्षा गरेर अगाडि बढ्न स्थानियलाई आग्रह समेत गरे।

कार्यक्रमलाई संबोधन गर्दै नेका पुर्व जिल्ला सचिव हरि नारायण सापकोटाले पुराना गांउका सबै समस्या समाधान गरि नमुना गाउँ बनाउन कांग्रेस कृयाशिल रहने बताए।

उनले नगरपालिका सबै क्षेत्रमा काम गर्न असफल भएको बताउदै खेल क्षेत्रको बिकासमा कांग्रेसले सहयोग गर्ने बचनबद्धता प्रकट गरे।

कार्यक्रममा नेका तरुण बिभाग सदस्य वीर ब जिशी, जिल्ला सदस्य कल्पना घिमीरे नगर उपसभापती शन्तोष शाक्य लगायतको उपस्थिती थियो।

कार्यक्रम क्लबका अधक्ष्य होम ब छन्तेलको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय