चितवन पुगेर कांग्रेससँग निहुँ खोज्दैछन् प्रचण्ड

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही दिनयता गृहजिल्ला चितवनमा छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै उनी कार्यकर्ता र मतदाता फकाउन लागिरहेका छन् ।

गत निर्वाचनमा कांग्रेसको समर्थन र सहयोगमा चुनाव जितेका प्रचण्ड अहिले भने चितवनका कांग्रेसीलाई चिढ्याइरहेका छन् । हालै आयोजित कार्यक्रममा उनले कांग्रेसीको खोइरो खने । प्रचण्डले भने, ‘शेरबहादुरजीलाई प्रधानमन्त्री बनाउन मैले त्यत्रो मिहिनेत गरें, तर अहिले चितवनमा कांग्रेसी मविरुद्ध नै लागिरहेका छन् ।

माओवादी केन्द्रसँग गठबन्धन गर्न हुँदैन भनिरहेको सुन्दा अचम्म लागिरहेको छ ।’ उनको यो अभिव्यक्तिले पहिल्यै नै चिढिएका चितवनका कांग्रेसी आगो भएका छन् ।

चितवनमा प्रचण्डलाई जिताउन कांग्रेसले कसैलाई उम्मेदवार नै बनाएन । आफ्नो गढमा प्रचण्डलाई स्थापित गर्न खोजिएको भन्दै कांग्रेसभित्रै असन्तुष्टि छ । त्यति मात्र होइन, प्रचण्डकी छोरी रेणु दाहाल पनि कांग्रेसकै कारण भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भइन् ।

जबकि भरतपुर महानगरपालिकामा कांग्रेसको राम्रै प्रभाव छ ।आगामी तीनै तहको निर्वाचनमा कांग्रेसले चितवनमा एक्लै चुनाव लड्ने मनस्थिति बनाएको छ । कांग्रेस नेतृत्वलाई विगतमा झै गठबन्धन बनाएर चुनाव नलड्न दबाब परिरहेको छ ।

कांग्रेस युवा नेता गगन थापालगायत चुनावमा मिलेर नभई कांग्रेस एक्लै लड्नुपर्ने पक्षमा छन् । यदि कांग्रेसले चितवनमा सबै ठाउँमा उम्मेदवारी दिएमा प्रचण्डले सर्मनाक हार बेहोर्नुपर्ने निश्चित छ ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय