सर्वाेच्च अदालतमा टकराव : कालोपट्टीविरुद्ध अर्कै आन्दोलन, यस्तो गरिँदैछ !

काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसियसनले आईतबारदेखि हातमा कालोपट्टि बाँधेर सुरू गरेको आन्दोलनलाई कानून व्यवसायीहरुले नै चुनौती दिएका छन् ।

नेपाल बार एसोसिएसन परिसरमा कानून व्यवसायीको अर्को एउटा समूहले हातमा सेतोपट्टी बाँधेर बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशविरुद्ध प्रदर्शन गरिरहेको छ । अधिवक्ता स्वागत नेपाल, भूमिनन्द सापकोटा लगायत वकिलहरुको नेतृत्वमा कालोपट्टीविरुद्ध सेतोपट्टी आन्दोलन भएको छ ।

सेतोपट्टी आन्दोलनमा लागेका अभिवक्ताहरूले मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको आरोप लगाए ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय