कांग्रेसकाे छवी धुमिल भयाे: नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनको मिमि पटक-पटक सारिएकाे भन्दै नेतृत्वप्रति राेष प्रकट गरेका छन् ।

२०७६ फागुनमा सम्पन्न भइसक्नुपर्ने कांग्रेसको महाधिवेशन पटक-पटक सर्दै आएकाे छ ।पछिल्लो पटक २४ देखि २६ मंसिरका लागि महाधिवेशनको मिति तय भएपछि पूर्वमहामन्त्री सिंहले ‘लोकतान्त्रिक पार्टीभित्र अलोकतान्त्रिक अभ्यास भइरहेकाे र यसले कांग्रेसकाे छवी धुमिल भएकाे ‘ बताए ।

कांग्रेस सुनसरी-काठमाडाैं सम्पर्क समितिले दिपावली तथा छठ पर्वको अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेता सिंहले भने, ‘महाधिवेशनको दुई महिनाभित्र विभाग गठन हुनुपर्नेमा

चार वर्षे कार्यकाल सकिएपछि असामान्य परिस्थितिमा महाधिवेशनको तिथिमिति तोकेपछि विभाग गठन भयो । अहिले पनि महाधिवेशनकाे मिति ताेक्ने, काम नगर्ने र निर्णय कार्यान्वयन नगर्ने काम भइरहेको छ ।’

प्रतिबन्धित अवस्थामा पनि कांग्रेसले महाधिवेशनसहितका कार्यक्रम तोकिएकै मितिमा आयोजना गरेको स्मरण गर्दे नेता सिंहले भने, ‘महाधिवेशन पटक-पटक सार्दा छवी राम्रे भएको छैन । लाेकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्नुपर्छ भन्ने तर पार्टीभित्र लाेकन्तात्रिक अभ्यास अवलम्बन नगर्ने ? पार्टिभित्र यस्ताे हालत छ ।’

१३ महाधिवेशनबाट नेतृवमा आएका पदाधिकारीबाट नै पार्टीकाे छवीमा आँच आउने काम भइरहेकाे उनले बताए । ‘लाेकतन्त्रिक गतिविधि भइरहेकाे छैन । पदाधिकारी हुँदैमाम पार्टी उहाँहरुकै हाे भन्ने हाेइन । कांग्रेसकाे विधानअनुसार चल्ने सबैकाे पार्टी हाे,’ सिंहले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय