बलिउड चलचित्र उचाई को छायांकन सकियो, शनिबार टोली भारत फर्किने

बलिउड चलचित्र उचाई को छायांकन सकियो, शनिबार टोली भारत फर्किने
नेपालमा २५ दिनको छायांकन सकेर बलिउड फिल्म ‘उचाइ’ले नेपाल सेड्युल सम्पन्न गरेको छ । दुई दिन काठमाडौं र बाँकी समय हिमाली जिल्लामा छायांकन भएको फिल्मले २८ अक्टोबरमा नेपाल सेड्युल पूरा गरेको हो ।

खोटाङको नाम्चेदेखि मनाङको विभिन्न ठाउँमा सुटिङ भएको फिल्मको शुक्रबार पहिलो सेड्युल सकिए पनि दोस्रो सेड्युल भारतका विभिन्न स्थानमा हुनेछ ।

राजश्री प्रोडक्सनले निर्माण गरेको यो फिल्मको सुटिङको ४ अक्टोबरबाट सुरु भएको थियो । काठमाडौंमा ह्यात होटल र एयरपोर्टमा केही दृश्य खिचेर टोली नाम्चे लागेको थियो । सुरज बाडजात्याले निर्देशन गरेको फिल्ममा अनुपम खेर, वमन इरानी, निना गुप्ता, सारिका हसन, परिणिती चोपडा आदि कलाकारले नेपाल आएर सुटिङ गरेका थिए ।

फिल्ममा अमिताभ बच्चन भए तापनि स्वास्थ्यका कारण उनी नेपाल आउन नसकेपछि उनको बडी डबललाई राखेर सुटिङ गरिएको थियो ।फिल्मका केही टोली सदस्य अहिले पनि मनाङमै छन् भने केही काठमाडौं फर्किसकेका छन् । फिल्मको मुख्य टोली शनिबार एअर इन्डियाको विमानबाट भारत फर्किनेछ ।- केटिएम दैनिक

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here