रावललाई ओलीले भने : तपाईंले सक्नुभएन त म के गरौं ?

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच भनाभन भएको छ ।

बैठकमा उपाध्यक्ष रावललले पूर्वसमझदारी अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै प्रश्न उठाएपछि ओलीले हस्तक्षेप गरेका थिए । अध्यक्ष ओलीले काम गर्न सक्दिन भनेर राजीनामा दिएपछि १० बुँदेको औचित्य सकिएको बताएका थिए ।

‘तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ?,’ बैठकमा ओलीले भने, ‘अब राजीनामा दिएपछि कार्यदल पनि सकियो, १० बुँदेको उपदेयता पनि सकियो । किन कार्यदल चाहियो ।

तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो ।’ अध्यक्ष ओलीले पार्टीको समस्याका विषयमा पार्टीका कमिटीहरुमै छलफल हुने बताए ।-अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय