एमाले केन्द्रीय समितिले थप्यो साढे चार सय महाधिवेशन प्रतिनिधि

काठमाडौं – नेकपा एमालेको केन्द्रीय समिति बैठकले साढे चार सय महाधिवेशन प्रतिनिधि थप्ने निर्णय गरेको छ ।

बिहीबार बसेको स्थायी कमिटीले १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णयसहित गरेको प्रस्तावमा आज बसेको केन्द्रीय समितिमा छलफल भएको थियो । छलफलमा केन्द्रीय सदस्यहरुले बढाउनुपर्ने सुझाव राखेपछि ४६३ प्रतिनिधि थपिएको हो ।

थपिएको संख्यासँगै प्रतिनिधिको संख्या १ हजार ९९९ पुगेको छ ।‘स्थायी कमिटीबाट १५ सयभन्दा बढी प्रतिनिधि प्रस्ताव भएको थियो,’ प्रवक्ता प्रदीप ज्ञवालीले भने, ‘केन्द्रीय सदस्यहरुले बढाउनुपर्छ भनेर सुझाव दिनुभएको छ ।

सुझावअनुसार प्रतिनिधि संख्या अब १ हजार ९९९ हुनेछ । करिब ४ सय बढी सदस्य थप्ने निर्णय भएको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय