आज मध्य भोटेकोशीको आईपीओ बाँडफाँड हुँदै

काठमाडौं– मध्य भोटेकोशी जलविद्युत कम्पनीले जारी गरेको आईपीओको बाँडफाँड आज हुने भएको छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले भोलि बिहान ९ बजे नक्सालमा रहेको आफ्नो कार्यालयमा आईपीओ बाँडफाँड गर्न लागेको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँ दरको ९० लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो ।

जसमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्टाइएको र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।

जसमा कम्पनीले माग गरेकाभन्दा बढी नै आवेदन परेको क्यापिटलले जनाएको छ असोज २० गतेदेखि असोज २५ गतेसम्म निष्कशन तथा बिक्री खुला भएको उक्त आईपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकले आवेदन दिएका थिए ।

असोज २५ गते (अन्तिम दिन) साँझ साढे ६ बजेसम्ममा उनीहरुले ३ अर्ब ४३ करोड ६० लाख रुपैयाँ बराबरको ३ करोड ४३ लाख ६० हजार १० कित्ता सेयरको लागि आवेदन दिएका क्यापिटलले जनाएको छ ।

यससँगै मागभन्दा बढी आवेदन परेसँगै क्यापिटलले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताको दरले सेयर बाँडफाँड गर्नेछ ।

यो अनुसार रितपूर्वक आवेदन दिनेमध्ये ८ लाख १९ हजार जनाले १० कित्ताको दरले कम्पनीको सेयर पाउने र बाँकीको हात खाली हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय