नेकपा (एमाले) को प्रथम नगर महाधिवेशन मंगलबार मुसकोटमा पनि भब्यताका साथ सम्पन्न भएको छ ।
मुसिकोट नगरकार्यसमितिको प्रथम अधिवेशनबाट सर्वसहमत रुपमा अध्यक्षमा प्रकाश काफ्ले निर्वाचित हुनुभएको छ । हिज सम्पन्न नगरको प्रथम अधिवेशबाट काफ्ले अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सम्भव भएसम्म सर्वसहमतीमा नेतृत्व चयन गर्ने पार्टी केन्द्रिय समितिको निर्देशानुसार गय राती अवेर सर्वसहमतीमा नेतृत्व चयन गरिएको हो ।
अधिवेसनबाट प्रकाश काफ्ले अध्यक्ष रहने गरी ७५ सदस्यिय नगर समिति सर्वसम्मत रुपमा चयन गरेको l यसै गरी उपाध्यक्षमा रामबहादुर थापा,सचिवमा गोपीकृष्ण खरल,उपसचिवमा बोमबहादुर छन्तेल र गंगा श्रेष्ठ चयन हुनु भएको छ ।
नगर समितिमा नगर भित्रका ९ वटै वडा बाट ६ /६ जना सदस्यहरु सहित पार्टीका हालका वडा समितिका अध्यक्षहरु नगर समितिमा पदेन सदस्य रहने गरी कार्यसमिति घोषणा गरिएको छ ।
बाँकी सदस्यहरु पार्टीमा गरेको योगदान, भूगोल लगायतलाइ आधारमानी मनोनीत गरिने एमालेले जनाएको छ ।- सेरोफेरो नेपाल बाट