परमादेशको जवाफ जनादेशबाट दिन्छौँ : प्रदीप ज्ञवाली

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले अदालतको परमादेशको जवाफ एमालेले आउने निर्वाचनमा जनादेशबाट दिने बताएका छन्।

नेकपा एमाले रेसुंगा नगर कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन्। एमाले सरकारलाई परमादेश गर्ने न्यायालय अहिले आफैँ बिटुलो बनिरहेको उनले बताए। ‘सरकार मात्रै होइन, न्यायालय उदांगाे बनेको छ। आसेपासेसँगै न्यायाधीशको कोटामा पनि मन्त्री !

कार्यपालिका र न्यायालयको अपवित्र सम्बन्ध पनि छरपस्ट भयो,’ उनले भने, ‘फेरि पनि जनताले एमाले खोजिरहेका छन्, गाउँगाउँमा पुग्छौँ।’

जनताको जनादेशको विरुद्ध दल, अदालत, निर्वाचन आयोग र सभामुखजस्ता संस्थाहरूबाट घेरिए पनि पार्टी एक ढिक्का बनाएर सर्वसम्मत कमिटी निर्माणसँगै संगठन गतिशील बनाउन,

पार्टीका विचार र सिद्धान्त जनता माझमा पुर्‍याएर नागरिकसँगको सम्बन्ध थप सुदृढ बनाउन ज्ञवालीले जिल्लास्तरीय नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

सात दशकको आन्दोलनको उपलब्धि संस्थागत गर्नेदेखि देशका ठूला लडाइँमा अगुवाइ गर्ने एमालेले अब पनि स्थायित्व र समृद्धिको नेतृत्वको अगुवाइ गर्न सक्ने हिम्मत राख्ने ज्ञवालीले दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय