जनताको पीडामा आफुहरुकाे निरन्तर साथ रहेको एमाले सचिव प्रदिप ज्ञवालीको भनाइ

गुल्मी

नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सचिव प्रदिप कुमार ज्ञवालीले जनताको पीडामा आफुहरुकाे निरन्तर साथ रहेको बताएका छन् ।

नेकपा एमालेको देशभर चलिरहेको पालिका अधिवेशनमा गुल्मीको रेसुङ्गा नगरको प्रथम अधिवेशनलाई प्रमुख अतिथिकाे रुपमा तम्घासमा उद्घाटन गर्दै ज्ञवालीले यस्तो बताएका हुन् ।

‘नेकपा एमालेले जनताको पीडामा निरन्तर साथ दिइरहेको छ ।’ गुल्मीको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद रहेका ज्ञवालीले भने, “नेकपा एमालेले जनताको पीडामा साथ दिइरहेका कारणले जनताको मन जित्न सफल भएका हौं ।”

नेता ज्ञवालीले रेसुङ्गा नगरमा याेग्य, सक्षम र गतिशील नेतृत्व छनाेट गर्न आग्रह पनि गरे ।

नेकपा एमालेलाई चारैतिरबाट घेराबन्दी भएको भन्दै उनले अदालत, निर्वाचन र सभामुख पनि नेकपा एमालेलाई कमजोर बनाउन केन्द्रीत बनिरहेको आराेप लगाए ।

अब आउने तिनै तहको निवार्चनमा नेकपा एमालेले जित हासिल गर्न सबै नेता तथा कार्यकर्ता लाग्न उनले अनुरोध गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर