पुर्ब परराष्ट्रमन्त्री ज्ञवाली आज गुल्मीको मुसिकोट आउदै

नेपाल कम्युनिस्ट पार्टी एमाले मुसिकोट नगरपालिका गुल्मी को प्रथम नगर अधिबेशनमा नेपाल कम्युनिस्ट पार्टी एमाले का केन्द्रिय सचीव पार्टी प्रबक्ता

तथा पुर्ब परराष्ट्रमन्त्री माननीय प्रदीप ज्ञवाली बाट उद्घाटन गरिने साथै प्रशिक्षण मन्तव्य समेत राख्नुहुने मुसिकोट नगरकमिटी अधिबेशन संयोजक प्रकाश काफ्लेले जानकारी दिनुभयो। नेकपा एमाले भोलि हुन लागेको ७५३ स्थानीय तहमा नै एकै दिन अधिबेशन सम्पन्न गर्दैछ। सोही अधिबेशनमा ज्ञवाली

अधिबेशन उद्द्घाटन तथा विशेष सम्बोधनका लागि वामी टक्सार आउदै हुनुहुन्छ उहाँ आउने खबरले कार्यकर्ता मा थप उत्साह थपिएको छ। पहिलो नगर अधिबेशन भएकाले पनि यसलाइ मह्त्वका साथ हेरिएको छ।

एमालेको बिधान महादिबेशन सम्पन्न पछि पहिलो पटक हुन लागेको अधिबेशनले अध्यक्ष उपाध्यक्ष सचीव र २ उप सचीव सहित ७५ सदस्यीय नगर कमिटी गठन गर्ने छ। कार्यक्रम सफल पार्न आयोजकले सबैको गरिमामय उपस्थितिको लागि अनुरोध गरेको छ।

यसअघि कात्तिक ६ गते वडा अधिवेशन सम्पन्न गरेको नेकपा एमाले ले कात्तिक ९ गते रुद्रावती बहुमुखी क्याम्पसमा ११.३० बजे प्रथम नगर अधिबेशनको कार्यक्रम संचालन गर्दै छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय