बडिगाड ३ मा नेकपा एमालेको प्रथम वडा अधिवेशन सम्पन्न, अध्यक्षतामा काउचा चयन

सिसाखानी । देशैभर शुरु भएको नेकपा एमालेको वडा अधिवेशन बडिगाड ३ सिसाखानीमा गोपिराम काउचाको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरिएको छ ।

जसको उपाध्यक्षमा दधिराम विक, सचिवमा समिर पुन, सह सचिवमा भिषण घर्ति र बोम बहादुर थापा, तथा कोषाध्यक्षमा मनुत्रा घर्ति लगाएत रहेका छन ।शनिबार भएको अधिवेशनमा नेकपा एमालेका प्रदेश कमिटि सदस्य शुनिल शेरचनले देशको सम्वृद्धि एमालेको

सरकारबाट मात्रै संभव भएको भन्दै सवै कार्यकर्ताहरुलाई एकतावद्ध हुँदै सामाजिक सेवामा खट्न आह्वान गरेका छन ।

यस्तै जिल्ला कमिटि सदस्य पावर्ती घर्ति मगरले जनताको सुख दुखमा नेकपा एमाले साथैमा रहेको बताउदै नेता कार्यकर्ताहरुलाई ढुक्क भएर पार्टीमा लाग्न आग्रह गरिन् ।

यस्तै अधिवेशनको अबसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङ जिल्लाका सदस्य होम बहादुर घर्ति मगरले एमालेकै सरकार रहेको सिसाखानीमा जनाताको चाँहाना अनुशार नै काम भएको दाबि गरे ।

सोहि अबसरमा सर्वसहमतिमा अध्यक्ष चुनिएका काउचाले आफुले बोलेर भन्दा पनि काम गरेर देखाउने बतादै पार्टीले दिएको जिम्मेबारी पुरा गरेरै छोड्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा गराङ देविढोका संरक्षण मञ्चको तर्फबाट नौमती बाजा समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा एमाले वडा कमिटिका निवर्तमान अध्यक्ष लोक वहादुर घर्तिको अध्यक्षता, वडा सदस्य गोपिराम काउचाको स्वागत रहेको थियो । साथै कार्यक्रममा चुडा बहादुर पुन, दधिराम विक, फुलमया विक, लगाएको बोलेको कार्यक्रमको संचालन समिर पुनले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय