बिगत तीस वर्षमा नभएकाे काम एमालेले तीन वर्षमा गरेकाे एमाले नेता ज्ञवालीकाे दावि

कृष्ण अन्जान गुल्मी-नेकपा एमालेलाई अान्दाेलन बाट अब समृद्धिकाे यात्रामा परिचालन गरिनु पर्ने नेकपा एमाले केन्द्रीय कमिटीका सचिव समेत रहनु भएका पुर्व परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले बताउनु भएकाे छ ।

नेकपा एमाले रुरुक्षेत्र गाउँपालिकाकाे प्रथम अधिवेशनमा बाेल्दै नेता ज्ञवालीले नेकपा एमाले विपक्षि हरुकाे घेरावन्दीमा पर्नु त स्वाभाविक छ तर एमालेलाई अदालत र निर्वाचन अायाेगले पनि घेरावन्दी गरेकाे बताउनु भयाे । अधिवेशनमा बाेल्दै नेता ज्ञवालीले देशलाई राजनैतिक द्वन्द्व मुक्त बनाएकाे ,देशलाई विकाससिल देशमा पुर्याएकाे ,नाकाबन्दी काे

अन्त्य ,कालापानी लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेकाे , राष्ट्रिय स्वाभिमान का अावाज उठाउने काम , सामाजिक शुरक्षाकाे प्रणाली अवलम्बन , सामजिक सुरक्षा भत्ता बढाएर चार हजार पुर्याउने काम एमाले गरेकाे बताउनु भयाे ।

सुरक्षित अावास एक घर एक धारा
सडक खानेपानी शिक्षा लगायतका क्षेत्रमा बिगत तिस वर्षमा नभएकाे काम एमाले ले तीन वर्षमा गरेकाे एमालेले गरेकाे दावि नेता ज्ञवालीले भन्नु भयाे ।

यतिबेला एमाले जनताकाे जनादेश बाट हाेईन परमादेशबाट सरकारबाट कबाहिर छ तर जनमत नघटेकाे प्रदिप ज्ञवालीकाे तर्क थियाे ।

पार्टीको अधिवेशनमा कार्यकर्ताहरुलाई सम्बाेधन गर्दै लुम्बिनी प्रदेशका साँसद समेत रहेका नेकपा एमालेका नेता कमल राज श्रेष्ठले नेपालमा समानताका लागि लड्दै समाजवाद उन्मुख एकमात्र कम्युनिस्ट पार्टी नेकपा एमाले भएकाे बताउनु भयाे । हतियार थन्काएर बहुदलिय जनवादी सिद्धान्तलाई अाधार मान्दै युद्धबाट सँसदिय व्यवस्थामा प्रवेश गरेकाे नेकपा माअावादि डुप्लिकेट एमाले भएकाे साँसद श्रेष्ठकाे दावि थियाे ।

पछिल्लो समय सत्ता पक्ष भन्दा एमाले तर्फ अाकर्षण बढेकाे बताउनु हुँदै जनताले देशकाे विकास गर्ने पार्टी नेकपा एमाले भएकाे विस्वास गरेकै कारण देश भरि विभिन्न पार्टी परित्याग गरि जनताले एमाले राेज्ने काम भएकाे बताउनु भयाे ।

हामिले विकासका याेजनाहरु ल्याउने चारवटा मास्क र एक दुईबाेत्तल सेनिटाईजर बाँडेर विकास अाफुले गरेकाे सामाजिक सन्जालमा हाल्ने काम बिपक्षि हरुले गरेर सस्तो लाेकप्रियता हासिलकाे प्रयास गरेकाे प्रदेश साँसद कमल राज श्रेष्ठले बताउनु भयाे ।

गाउँ पालिका अधिवेशनमा बाेल्दै नेकपा एमालेका पाका नेता समेत रहेका रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष निलकण्ठ गौतमले कार्यकर्ता हरुलाई सैद्धान्तिक प्रशिक्षण अावस्यकता भएकाे बताउनु भयाे ।अध्यक्ष गौतमले मार्क्सवाद पहिले बुझ्न गाह्राे पछि छाड्न गाह्रो हुने विषय भएकाले मर्क्सवाद अजेय रहेकाे बताउनु भयाे ।
जनताले दिएकाे पाँच वर्षकाे काम जनताकाे जनमतकाे कदर गर्दै अाफुले सम्पन्न गरेकाे दावि समेत अध्यक्ष गौतमले गर्नु भयाे ।
अधिवेशनमा शुभकामना मन्तव्य दिँदै रुरुक्षेत्र गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी देवि पन्तले शुखि नेपाली र समृद्ध नेपालकाे पक्षमा रहेकाले नेकपा एमाले लाेकप्रिय रहेकाे बताउनु भयाे ।

अधिवेशनमा बाेल्दै नेकपा एमाले रुरुक्षेत्र गाउँ पालिकाका इन्चार्ज हिमाल श्रेष्ठले जनतालाई भ्रम सिर्जना नगर्न विपक्षि हरुलाई चेतावनि दिनुभयो ।

रुरुक्षेत्र गाउँ पालिकाकाे प्रथम अधिवेशन अायाेजक समितिका सँयाेजक चक्रपाणी गौतमकाे अध्यक्षता भएकाे खुलासत्र मा अायाेजक कमिटीका सह सँयाेजक शेषनारायण पौडेलले स्वागत र अायाेजक कमिटिका सचिव फर्सुराम ज्ञवालीले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय