गुल्मीमा जिप दुर्घटना एक घाइते

गुल्मी कातिक ७ :कालीगण्डकीमा शनिवार राती जिप दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

कालीगण्डकी गाउँपालिका पुर्तिघाट देखी बरेङ तर्फ जाँदै गरेको लु १ च २७२० नम्वरको जिप धुँवाखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिप दुर्घटनामा परी कालीगण्डकी गाउँपालीका वडानम्वर ७ भुर्तुङकी ३२ बर्षीय पार्वती गुरुङ घाइते भएको र उनको पाल्पाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारमा भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय