जिल्ला प्रशासन गुल्मीमा कर्मचारी नहुदा सेवाग्राहिले सास्ती खेप्दै

हुमाकान्त पोखरेल /गुल्मीको चन्द्रकोट गाउँपालिका –४ शान्तिपुरकी सुनिता थापा शुक्रबार नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आइन् ।

नागरिकता बनाउन आवश्यक पर्ने शैक्षिक प्रमाणपत्र, वडाको सिफारिस लगायत आवश्यक सबै कागजपत्र र टिकट समेत टाँसेकी थिइन् ।

नागरिकताको आशमा प्रशासन कार्यालयका धेरै कोठा चाहारिन् पनि । प्रशासनका कर्मचारी, कार्यालय सहयोगी, पत्रकार र नागरिक समाज लगायत धेरैसँग नागरिकताको लागि अनुरोध पनि गरिन् ।

तर बिडम्बना उनले नयाँ नागरिकता पाउन भने सकिनन् । थापा बुटबलको सिद्धार्र्थ गौतम बुद्ध क्याम्पसमा कक्षा १२ मा पढ्छिन् ।

दसैंमा घर आएको समयमा नागरिकता बनाउन सदरमुकाम आएकी उनी बिना नागरिकता बुटबल फर्किइन् । ‘दसैंमा घर आएको बेला नागरिकता बनाउन आएको तै पनि रित्तो हात फर्कनुप¥यो ।’

उनले भनिन्, ‘अत्याधिक भिडका कारण कार्यालयले वितरण गरेको टोकन पनि प्राप्त गर्न सकिन ।’
मालिका गाउँपालिका –५ छापहिलेका यम बहादुर परियारलाई पनि नागरिकता प्राप्त गर्न दुई दिन लाग्यो ।

आफ्नो नयाँ नागरिकता बनाउन बिहीबार नै तम्घास आएका उनले सोही दिन नागरिकता पाएनन् ।
(बिहीबार) अत्याधिक भिड भयो, कर्मचारीहरुले भोलि आउनुस् भने ।’

उनले भने, ‘आज टोकन लिएर नागरिकताको लागि प्रक्रियामा गएको छ, अब एकछिनमा बन्छ होला ।’ शुक्रबार दिउँसो करिब १ बजे उनको नागरिकता बन्यो ।

नागरिकताकै लागि तम्घासमा बस्दा तीन हजार बढी खर्च भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर