कस्तो रहला तपाँइको यो साता, हेर्नुहोस साता भरिको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )-यो साता मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । रमाइलो यात्राको योग रहेको छ । शेयर कारोबारमा लगानी गर्दा पछि फाइदा मिल्नेछ ।

प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग रातो वा घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको स्मरण गरी आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )-यो सातामा विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । मन पर्ने वस्त्र, अलंकार आदि पाइने योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । प्रेमका कविलाहरू फक्रिएर जानेछन् ।

वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग कालो सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )-यो साता कसैसँग बोल्दा वा ठट्टा गर्दा बढी सतर्कता अपनाउनुहोला । मालसामान हराउन सक्छ । प्रतिस्पर्धीहरूले तपाईंको खुट्टा तान्ने प्रयास गर्नसक्छन् । आर्थिक क्षेत्रमा पनि सङ्कट आउन सक्छ । साताको अन्त्यमा विशेष यात्राका अवसरहरू मिल्नेछन् । टाढिएका मित्रसँग नजिकिने समय पनि रहेको छ । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )-यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । रोजगारको अवसर पनि मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग पहेँलो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व महालक्ष्म्मीजीको दर्शन गरी कार्य गर्दा राम्रो हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )-यो साता आफन्तसँग रमाइलो भेटघाट हुनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । धर्म, तथा समाजसेवामा मन लाग्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । पुँजी बजारमा लगानी गर्दा पछि फाइदा हुनेछ । प्रेममा मधुरता पनि छाउनेछ । यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )-यो साता कुनै महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । टाढिएका मित्रसँग नजिकिने समय छ । रमणीय र सुखद् यात्राको योग पनि छ । मध्य सातामा झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यो साताका लागि शुभ अङ्क १,२ र शुभ रङ्ग पर्पल वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )-यो साता हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । शेयर बजारको लगानी पनि कमजोर रहला । मध्य सातामा चलाखीपूर्ण बोलीले काम सफल हुनसक्छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । उपहार पाइने सम्भावना पनि छ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )-यो हप्तामा नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । भौतिक वास्तु खरीद बिक्रीको योग पनि छ । मध्य सातामा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च बढ्न सक्छ । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग खैरो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )-यो हप्तामा शुभकार्यको चर्चा चल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । नसोचेको ठाउँबाट धन हात पर्नेछ । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । लगानीको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । शत्रु पनि क्षय होलान् । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सुन्तलारङ हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्नाले सफलता मिल्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )-यो सातामा नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । पारिवारिक भेटघाट हुनुका साथै इस्टमित्रहरूसँग मेलमिलाप हुनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । प्रेम सम्बन्धमा पनि सफलता पाइनेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अग्रज जनाको आशीर्वाद लिई कार्य गर्नाले सफलता मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )-यो साताको सुरुका दिनमा छोटो दुरीको लाभदायक यात्रा रहला । धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ । अध्ययनमा रुचि जाग्नुका साथै नयाँ कमको योग पनि देखिन्छ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । नजिकका व्यक्तिसँग वादविवाद र झमेलामा परिनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको स्मरण गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )-लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । पुँजी बजारबाट लाभनै मिल्नेछ । मध्य सातामा अनावश्यक ठाउँमा धन खर्च होला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।-

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।- ज्यो.प. नारायणप्रसाद दुलाल977-9849559502
(अधिक जानकारीका लागि )

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय