एकीकृत अखिल नेपाल शिक्षक संगठन धुर्कोट गाउपालिकाको भेला सम्पन्न

गुल्मी – एकीकृत अखिल नेपाल शिक्षक संगठन, धुर्कोट गाउँपालिकाको दोस्रो भेला सम्पन्न भएको छ ।

भेलाले रेशम थापाको अध्यक्षतामा २५ सदस्यीय एकीकृत अखिल नेपाल शिक्षक संगठन, धुर्कोट गाउँकमिटीको गठन गरेको छ ।जसको बरिष्ठ उपाध्यक्षमा हुम बहादुर महत, उपाध्यक्षमा रामु जिसी, महिला उपाध्यक्षमा ललिला सुनार, सचिवमा कृष्ण सिंचाली, सचिवमा राजेन्द्र केसी र अर्थ सचिवमा बाबुराम घिमिरे लगायत अन्य सदस्यहरु रहनुभएको छ ।

नवनिर्वाचित कमिटीलाई नेकपा माओवादी केन्द्र धुर्कोट गाउँपालिकाका सह–इन्चार्ज चन्द्र विकले पद तथा गोपनियताको शपथ खुवाउनुभएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि माओवादी केन्द्र धुर्कोटका इन्चार्ज एवम् गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले शिक्षकहरु पूर्णरुपमा शैक्षिक गतिविधिमै सक्रिय हुन आग्रह गरे ।

नेता पोखरेलले अहिले स्थानीयदेखि केन्द्रसम्म देखिएका समस्याको समाधान माओवादी केन्द्रले मात्रै गर्न सक्ने भएकोले ढुक्क भएर शिक्षण पेशा गर्न आग्रह गरे ।

कार्यक्रममा माओवादी केन्द्र धुर्कोट गाउँकमिटीका अध्यक्ष गोपाल कुँवर, एकीकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश सदस्य थानेश्वर खनाल, बाबुराम खनाल, संगठनका गुल्मी जिल्ला बरिष्ठ उपाध्यक्ष ऋषिराम पाण्डे, जिल्ला सह–सचिव विष्णु कँडेल, अनेरास्ववियू –क्रान्तिकारी) का जिल्ला अध्यक्ष राजन पोखरेल, प्रेस सेन्टरका सचिव

हुमाकान्त पोखरेल, दलित मुक्ति मोर्चा धुर्कोटका अध्यक्ष विष्णु सुनार, अनेमसंघ क्रान्तिकारी धुर्कोटकी अध्यक्ष तारा खनाल, अनेरास्ववियू क्रान्तिकारी धुर्कोटका अध्यक्ष इन्द्र पोखरेल, विद्यालय कर्मचारी संगठन धुर्कोटका अध्यक्ष राजु पछाई लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय