नेकपा एमाले मुसिकोट ७ को वडा अध्यक्षमा सर्बसम्मत शाक्य चयन

भुवन काफ्ले मुसिकोट गुल्मी । नेकपा एमाले मुसिकोट वडा नम्बर ७ को वडा अधिबेसन आज वामीटक्सार हाटबजार पल्टारमा सम्पन्न भएको छ।

मुसिकोट नगरपालिका वडा नम्बर ७ वामीटक्सार हाटबजार पल्टारमा सम्पन्न वडा अधिबेसंले टोप बहादुर शाक्यको अध्यक्षतामा २९ सदस्यीय नयाँ वडा समिति गठन भएको छ।

जसको उपाध्यक्षमा श्री कृष्ण सापकोटा, सचिबमा लक्ष्मण प्रसाद खरेल,सह सचिबमा भोजराज सापकोटा र सर्मिष्ठा शाक्य लगाएत अन्य २४ सदस्य रहेका छन्।

यसका साथै मुसिकोट अन्य वडा हरुमा पनि आज वडा अधिबेसन सम्पन्न भएको छ जसको पुरा अपडेट आउन बाँकि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय