१० बुँदे भन्ने साथीहरुको एमालेमा हरिबिजोग छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेको विजोग भएको टिप्पणी गरेका छन् ।

शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा उनले एमाले अध्यक्ष ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न थालेको बताए ।आदेशको पालना गर्‍यो भने स्याबास ! बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ ट्याउँ गरेको कति ट्याउँ ट्याउँ गरेको १० बुँदेको…’ उनले भने, ‘सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ ।

१० बुँदे भन्ने साथीको कस्तो हरिविजोग । छैन कुनै मर्यादा । कुनै सम्मान छैन ।’गत बुधबार एमाले अध्यक्ष ओलीले माधव नेपालले पार्टी फुटाउदैनन् कि भनेर मात्र १० बुँदे सहमति गरेको भन्दै त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गरेका थिए ।

शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने मनसाय नदेखिएको भन्दै १० बुँदे कार्यान्वयन कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् ।

यो पनि पढ्नुहोस्- विराटनगर । सुनसरीमा नेकपा एमालेको जिल्ला अध्यक्ष को हो भन्ने विषयमा विवाद देखिएको छ ।नेकपा एमाले र माओवादी केन्द्रबीच एकता हुनभन्दा अगाडिका अध्यक्षलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले स्वीकार नगरेपछि विवाद देखिएको हो ।

१० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले नमानेका कारण जिल्लामा रेवतीरमण भण्डारी र रमेश बस्नेत अध्यक्ष छन् । भण्डारी ओली पक्षका हुन् । त्यस्तै बस्नेत भने माधव नेपाल पक्षले पार्टी विभाजन गर्दा १० बुँदे सहमति गरी एमालेमै बसेका नेताहरुको पक्षका हुन् ।

भण्डारीले कात्तिक २ गते पार्टीको सचिवालय बैठक बसेको र विभिन्न निर्णयहरू भएको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका छन् ।भण्डारीको अध्यक्षतामा बसेको सचिवालय बैठक विधानविपरीत भएको दाबी गर्दै बस्नेतले अर्को वक्तव्य जारी गरेका छन् ।

कात्तिक ३ गते बस्नेत र जिल्ला इञ्जार्च धर्मराज निरौलाले विज्ञप्ति जारी गर्दै अर्का भण्डारीले जारी गरेको विज्ञप्ति झुटो भएको उल्लेख गरेको छ ।

बस्नेतले १० बुँदे कार्यान्वयन पछि आफू आधिकारिक अध्यक्ष रहेको उल्लेख गरेका छन् । भदौ १३ गते केन्द्रीय कार्यालयबाट जारी गरिएको अन्तरपार्टी निर्देशन १२ ले पार्टीका सबै तहका कमिटी र जनसंगठनमा लागू हुने गरी १० बुँदे प्रस्ताव लागू गर्ने निर्देशन भएको विज्ञप्तिमा उल्लेख छ ।

तर शुक्रबार ओली पक्षका केन्द्रीय सदस्य तैयब हुसैनले विज्ञप्ति जारी गर्दै रमेश बस्नेत अध्यक्ष नरहेको उल्लेख गरेका छन् । उनले रेवतीरमण भण्डारीलाई एमालेको केन्द्रीय कार्यालयले मान्यता दिएको उल्लेख गरेका छन् ।

बस्नेत एमाले भित्र विगतमा माधव नेपाल पक्षका हुन् । माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्दा मुख्यमन्त्री भीम आचार्यसँगै एमालेमै बसेका थिए । तर ओली पक्षले उनलाई अध्यक्षमा स्वीकार गरेको छैन ।

सुनसरीमा गत पुस ५ पछि समानान्तर जिल्ला कमिटीहरू गठन भएका थिए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि सुनसरीमा ओली पक्षले भण्डारीलाई अध्यक्ष बनाएको थियो ।- अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर