नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलको गठबन्धन प्रतिगामी गठबन्धन भएको आरोप लगाएका छन् ।
शनिबार वडा अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनमा रहेको पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने बताए । ‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्ने र राज्यस्तरबाट भइरहेको छ यो प्रतिगमनको बाटो हो’, ओलीको भनाइ छ ।
प्रतिगामी गतिविधिविरुद्ध सशक्त संघर्ष गर्ने भन्दै ओलीले कार्यकर्ताहरूलाई डटेर सामना गर्न निर्देशन पनि दिएयो पनि पढ्नुहोस् – काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीमबहादुर रावलले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजक सम्बन्धी पार्टीले दिएको जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
पार्टीभित्रको विवाद समाधानका लागि गरिएको १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले अवरोध गरेको आरोप लगाउँदै संयोजक रावलले राजीनामा दिएका छन् ।आज शुक्रवार ललितपुरको तुलसीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकमा रावलले ५ पृष्ठ लामो फरक मत राख्दै कार्यदल संयोजकबाट राजीनामा दिएका छन् ।
उपाध्यक्ष रावलले बैठकमा भने, ‘कार्यदलको प्रतिवेदन स्थायी कमिटीमा राखेको थिएँ, कार्यान्वयनको प्रस्ताव पनि गरेको थिएँ । राम्रो वातावरणमा छलफल भएको थियो तर निष्कर्ष सुनाउँदै गर्दा अध्यक्षले हाम्रा सबै छलफल, १० बुँदे सहमति, अन्तरपार्टी निर्देशिका १२ भन्दाभिन्दै किसिमले १० बुँदे कार्यान्वयन नगर्ने दिशाबाट कुरा राखेको हुनाले सहमत हुन सकिएन ।
त्यसकारण मैले ५ पृष्ठ लामो फरक मत दर्ज गरेको छु । कार्यदलमा यति लामो कुरा गर्दा पनि र भीम रावललाई नै जिम्मा छ नि, कार्यान्वयन गरिहाल्छ नि ! भनेर कतिपय साथीहरुले सार्वजनिक रुपमा अन्तर्वार्ता दिने अनि कार्यदलमा भएका छलफल र निर्णय समेत मान्य नहुने भएपछि कार्यदलमा बस्नुको कुनै औचित्य नभएको हुनाले राजीनामा दिने घोषणा गरेको छु ।’
उपाध्यक्ष रावलले राखेको फरक मतमा उपमहासचिव घनश्याम भुसालले समेत सहमति जनाएका छन् । उपाध्यक्ष रावलको राजीनामासँगै एमालेभित्रको विवाद सतहमा आएको छ । अध्यक्ष ओलीसँग विवाद देखिएपछि रावलले राजीनामा दिएका छन् ।