गुल्मी कारागारमा क्षमता भन्दा बढी कैदी बन्धी बस्न बाध्य

गुल्मी

२५ जना क्षमता रहेको जिल्ला कारागार गुल्मीमा तेब्बर भन्दा बढी कैदी बन्दीहरु बस्न बाध्य छन् ।

२५ जनाको क्षमता रहेको (ङ)बर्गको कारागारमा अहिले ८३ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागार गुल्मीका निमित्त प्रमख नायव सुब्बा रेश्मीराज पन्थीले जानकारी दिए ।

पन्थीका अनुसार पूरुष ७६ जना , महिला ७ जना गरी जम्मा ८३ जना कारागारमा कैदी बन्दीहरु रहेको बताए ।

कारागारको भवन साँघुरो हुँदा धेरै समस्याहरु भोग्नुपरेको पन्थीले गुनासो गरे । कैदीबन्दीहरुलाई प्रयाप्त खेलमैदान नहुनु , आर्थिक पार्जनका लागि उधोगहरु खोल्न का लागि पनि समस्या भएको र मुख्य गरि जिल्ला कारागार गुल्मीमा खानेपानीको समस्या रहेको छ ।

भबन पनि जीर्ण रहेकाले समस्याहरु अझ थपिदै गएको पन्थीले बताउनुभयो । हाल सम्म दुःख सुख चलाउदै आएको र अझ कैदीबन्दीहरु थपिए भने समस्या झन बिकराल बन्दै जाने पन्थीको भनाई छ ।

यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले तत्कालका लागि भबन मर्मत गर्न पहल भइरहेको बताए ।

कारागार कार्यालयको भबन पनि सारै जीर्ण भइराखेकाले कारागार ब्यबस्थापनका लागि दीर्घकालिन गुरुयोजना बनाएरै अगाडी बढ्नु पर्ने पौडेलको भनाई छ ।
खबर मार्केट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय