नेकपा एमाले मुसिकोटको प्रथम नगर अधिवेशन कार्तिक ९ गते भव्यताका साथ सम्पन्न हुँदै

विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी –नेपाल कम्युनिस्ट पार्टी एमाले मुसिकोट गुल्मीको प्रथम नगर अधिवेशन यहि कार्तिक ९ गते वामीटक्सारमा हुने भएको छ ।

जनताको बहुदलीय जनवाद लाई शिरोधार्य गरेको नेकपा एमालेले राज्य सङ्घियतामा प्रवेश गरेपछिको मुसिकोटमा यो पहिलो नगर अधिबेशन हो । स्थानीय निर्वाचनपश्चात नेकपा माओवादी र नेकपा एमाले एकता भएपछि दुइवटै पार्टिलाइ समेटेर निर्माण भएको नेपाल कम्युनिस्ट पार्टीको नगर कार्य समितिको कार्यकाल पूरा नहुदै छुटिएर आ-

आफ्नो परिचयमा बस्न चाहेपछि एमालेले औपचारिक रुपमा विधान महाधिवेशन गरि प्रथम नगर अधिवेशन गर्न लागेको एमाले नगर सचिव तथा अधिवेशन सम्योजक प्रकाश काफ्लेले जानकारी दिनुभयो ।

स्थानीय सरकारको रुपमा आफ्नै पार्टीको सरकार भएपनी पार्टिलाइ थप सङ्गठित,जनमुखी र लोकप्रिय बनाउनुपर्ने भन्दै कार्यकर्ताको मर्म र भावना अनुसार तत्काललाइ मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउका वडाध्यक्ष समेत रहेका कर्णध्वज जिसीलाइ एमालेले सर्वसहमतिबाट नगर अध्यक्षको जिम्मा लगाएको छ भने मुसिकोट नगरपालिका ७ वामीका विकाशप्रेमी वडाध्यक्ष प्रकाश काफ्लेलाइ सर्वसहमतिबाटै नगर सचिवको जिम्मा लगाएको छ ।

आउदो कार्तिक ९ गते एमालेले मुसिकोटको नया नगर कार्य समिति चयन गर्नेछ, जसको लागि वडा तहदेखी तयारी थालिएको सचिव काफ्लेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय