बडिगाडमा सामाजिक शुरुक्षा भत्ता वडा कार्यलयबाटै वितरण

अनिष पाठक -बागलुङ । जिल्लाकाे बडिगाड गाँउपालिकाले आर्थिक वर्ष ०७८/७९ को पहिलो चौमासिकको सामाजिक सुरुक्षा भत्ता वडा कार्यलयबाटै वितरण गर्ने भएको छ । 

आज एक सुचना जारी गर्दै भत्ता वितरण गरिरहेको प्रभु बैंकले वडा तहमा गएर भत्ता वितरण गरिने जानकारी दिएको हो ।

जस अन्तर्तगत पालिकाको वडा नं. १ तुम्डाँडामा कात्तिक ४ गते, वडा नं. २ खर्वाङमा कात्तिक ५ गते, बडिगाड ३ सिसाखानीमा कात्तिक ११ गते, बडिगाड वडा नं. ४ जलजलामा कात्तिक ७ गते, र पालिकाको वडा नं. ५ ग्वालिचौरमा कात्तिक १२ गते भत्ता वितरण गरिने जानकारी गराएको हो ।

यस्तै बडिगाड गाँउपालिकाको वडा नं. ६ खाल र वडा नं. ७ भिमगिठेमा कात्तिक ६ गते, बडिगाड वडा नं. ८ रणसिंहकिटेनीमा कात्तिक ८ गते, बडिगाड गाँउपालिका वडा नं. ९ दर्लिङखोलामा कात्तिक ९ गते र वडा नं. १० दर्लिङमा कात्तिक १० गते भत्ता वितरण गरिने प्रभु बैंकले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

वडा तहबाटै भत्ता लिन पाईने भएपछि जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका सबै सेवाग्राहि भने खुसी भएका छन । 

सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले वडामा भत्ता लिनजाँदा बैंकको चेकबुक र नागरिकताको फोटोकपि लिएर आउन बैंकले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय