सम्पुर्ण मुसिकोटबासीहरुका लागि अत्यान्त जरुरि सुचना

भुवन काफ्ले गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा कोभिड विरुद्धको भेरोसिल खोप अभियानको दोस्रो चरण मिति २०७८ कार्तिक ५ र ६ गते संचालन हुने भएको छ ।

कोभिड विरुद्धको भेरोसिल खोप अभियान अन्तरगत मिति २०७८ आश्विन ७ र ८ गते पहिलो मात्रा खोप लगाएका १८ बर्ष उमेर पुरा भएका  + 2 र क्याम्पसका बिद्यार्थीहरु तथा ५० बर्ष भन्दा माथिका सबैको दोस्रो चरणको खोप कार्तिक ५ र ६ गते पहिलो मात्रा लगाएकै खोप केन्द्रमा संचालन हुने भएको छ ।

१८ बर्ष उमेर पुरा भएका  + 2 र क्याम्पसका बिद्यार्थीहरु तथा ५० बर्ष भन्दा माथिका तर  मिति २०७८ आश्विन ७ र ८ गते खोप लगाउन छुटेकाहरुले पहिलो मात्रा खोप लगाउन सक्ने भएकाले आफ्नो नजिकको खोप केन्द्रमा गइ खोप लगाउन संपुर्ण मुसिकोटबासीलाई मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले   अनुरोध गरेको छ ।

खोप लगाउन आउदा अघिल्लो पटक खोप लगाउदा खोप केन्द्रबाट प्राप्त भएको  खोप कार्ड अनिबार्य ल्याउनु पर्ने छ भने पहिलो चरणमा खोप छुटेकाहरुको हकमा भने आफ्नो उमेर खुल्ने परिचय पत्र अनिबार्य ल्याउनु पर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय