एमाले परित्याग गरि काङ्ग्रेसमा प्रवेश गर्नेको लहर

गुल्मीको धुर्कोट गाउपालिकास्थित वाग्लामा नेकपा एमाले परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गर्नेको लहर बढेको छ ।

कम्युनिस्टको दबदबा रहेको भनिएको धुर्कोटको वाग्लामा पछिल्लो समय काङ्ग्रेस प्रवेश गर्नेको लहर ह्वात्तै बढेको छ ।केही समय अगाडि पार्टी प्रवेशको कार्यक्रम सम्पन्न गरेको काङ्ग्रेसले यतिबेला वाग्लामा निकै सकृयता बढाएसङ्गै आइतबार ठूलो सन्ख्यामा एमाले कार्यकर्ताले पार्टी परित्याग गरि काङ्ग्रेस प्रवेश गरेको नेपाली काङ्ग्रेस गुल्मीका सचिव खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

वर्षौंदेखि नेकपाको राजनीतिमा सक्रिय कार्यकर्ताहरु स्थानिय गोपाल घिमिरेको नेतृत्वमा दर्जनौं काङ्ग्रेसमा प्रवेश गरेको काङ्ग्रेसले जनाएको छ ।

एमालेले चुनावमा गरेका प्रतिवद्दताको वेवास्ता गरेको,चुनावको वेला आफ्ना छोराछोरीलाई घरमा सुताएर अरुलाइ लड्न र भिडन पठाएको,सामाजिक रुपमा विभेद गरेको,असहिष्णु बनेकोले लोकतान्त्रिक पार्टीको मर्मलाइ आत्मसात गरि काङ्ग्रेस प्रवेश गरेको नवप्रवेशिहरुको भनाइ छ ।

नेकपा एमालेले धोका दिएका आम नागरिकलाई काङ्ग्रेसले मर्म र भावना बुझी दीनदुखिको साथमा सधै काम गर्दै आएकोले सत्ता वा प्रतिपक्ष जहाँ भएपनी सधै नागरिकको साथमा रहेर काम गर्ने काङ्ग्रेसले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय