देउवा सरकारले बर्खास्त गर्‍यो ओलीको कृपाले नियुक्ति पाएका यी पदाधिकारी

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको कृपाले नियुक्ति पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको छ ।

आज सोमवार बसेको मन्त्रिपरिषद् बैठकले राखेपका सदस्य सचिव सिलवाललाई बर्खास्त गरेको हो ।देउवा सरकारले ओली सरकारका पालामा नियुक्त भएका पदाधिकारीाई बर्खास्त गर्ने क्रममा सिलवाललाई आज सोमबार बर्खास्त गरेको छ ।

यसअघि सिलवालसहित युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्कालाई सरकारले स्पष्टीकरण सोधेको थियो ।

सदस्य सचिव सिलवालले चित्तबुझ्दो जवाफ नदिएको भन्दै सोमवार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको जनाइएको छ ।

सदस्य सचिव सिलवालसँगै स्पष्टीकरण सोधिएका ढुंगेल र रोक्कालाई समेत बर्खास्त गर्ने सरकारको तयारी रहेको जनाइएको छ ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय