अविरल वर्षा पछि आएकाे बाढिले गुल्मीमा जिप बगायो

गुल्मी-गएराति देखि परेकाे अविरल वर्षा पछि अाएकाे बाढिले गुल्मीमा जिप बगाएको छ ।

जिल्लाको सत्यवति गाउँपलिकाको खैरेनी रुद्रबेणी सडकखण्डमा जिप बगाएकाे हो ।

माथिबाट आएको डहरे खोलाले उक्त जिप बगाएको हाे । बुटवल देखी भुवाचिदीको लागि छुटेको लु १ ज ३४३२ नम्बर बालेरो जिप खोलाले बगाएको इलाका प्रहरी कार्यालय जोहाङ्ग गुल्मीले जनाएको छ।

जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए । जिप खोला नजिक दलदलमा फसेको र यात्रु र चालक झरीसकेपछि माथिबाट आएको लेदो सहिको पानीले उक्त जिप बगाएको प्रहरीकाे भनाई छ ।

जिपमा सवार सबै यात्रु सुरक्षीत रहेपनि उनिहरुको सबै समानहरु गाडि संगै बगेकाे छ ।
यस अघिको बर्खाको समयमा पनि माल बाहक ट्रक बगाएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय