एमाले अध्यक्ष  वलिका कारण कम्युनिस्ट पाटी पुनःगठन:नेता चाैधरी

 

गुल्मी १ कात्तिक

नेपाल कम्युनिस्ट पाटी एकीकृत समाजवादीका पाेलिटब्युराे सदस्य मेटमणि चाैधरीले केपी वलीका कारण कम्युनिस्ट पाटी पुनः गठन गरेकाे बताएका छन ।

एकीकृत समाजवादी पाटी गुल्मीको प्रथम भेलालाई सम्वाेधन गर्दै नेता चाैधरीले केपी वलीले नेतृत्व गरेकाे पाटीले कम्युनिस्ट आन्दोलन समाप्त गर्न थालेपछि नेपालमा कम्युनिस्ट पाटीकाे रुपमा एकीकृत समाजवादी गठन गरेकाे वताए ।

उनले नेपालमा रहेका कम्युनिस्ट पाटीहरुसगँ एकता गर्दै कम्युनिस्ट पाटीकाे नेतृत्व समेत एकीकृत समाजवादी पाटीले गर्ने दावी गरे ।

प्रतिनिधि सभा सदस्य समेत रहेका मेटमणिले केपी वली पाटीले आगामी निर्वाचनमा जनतासगँ मत माग्ने नैतिकता समेत गुमाएकाे वताए ।

अब केपी वलीले नेतृत्व गरेकाे पाटी चुनावमा हामीलाई विजयी वनाएर पठाउनुस हामी पटकपटक ससंद विघटन गरेर देखाउछाै भन्दै भाेट माग्छन त उनले भने` त्यसकारण केपी वली पाटी नेपालवाट छिट्टै विलय भएर जान्छ ।´

उनले कम्युनिस्ट पाटीकाे नाम वेचेर झापावाट पटकपटक निर्वाचन जित्ने केपी वलीले अवकाे निर्वाचनमा झापावाटै चुनाव जितेर देखाउन चुनाैती दिए । कार्यक्रममा पाटीका केन्द्रीय सचिवद्वय भागवत विश्वासी, रामकुमारी झाक्रि, केन्द्रीय सदस्य राज्यलक्ष्मी गैरे, लुम्बिनी प्रदेश मन्त्री रमा घर्ती लगायतले वाेलेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय