गुल्मीको मुसिकोटमा भव्यताका साथ् ‌‌‍‍‍‍‍ऐतिहासिक सरायनाच सम्पन्न

सुरज आचार्य मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका २ भर्जुवा पास्तिमा भव्यताका साथ् ‌‌‍‍‍‍‍ऐतिहासिक सरायनाच सम्पन्न भएको छ।

विजया दशमी तथा शुभ दिपावालीको अवसर पारेर असोज ३१ अर्थात आज द्वादसिको दिन ऐतिहासिक सरायनाच सम्पन्न भएको छ।रेस्क्यु युथ क्लबद्वारा आयोजना गरिएको ऐतिहासिक सरायनाच कार्यक्रममा पाँच समुहको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा बुद्धि बहादुर सिंह ठकुरीको समूह प्रथम,रन बहादुर नेपालीको समूह द्वित्तीय,प्रगतिशील आमा समूह तृतीय,निर्मला सिंह ठकुरीको समूह सान्त्वना र प्रेम बहादुर साही ठकुरीको समुह पाँचौ भएको हो।

प्रथम हुने समुहलाई नगद रु दुइ हजार र प्रमाणपत्र,द्वित्तियलाई एक हजार पाँच सय र प्रमाणपत्र,तृतीयलाई एक हजार र प्रमाणपत्र प्रदान गरिएको हो। त्यस्तै सान्त्वना र पाचौ हुने समुहलाई पनि नगद रु पाच सय र प्रमाणपत्र प्रदान गरिएको थियो।

गत वर्ष कोरोना जोखिमका कारण नियमित हुन नसकेको सरायनाच यसबर्ष कोरोनाको लहर केहि कम भएकोले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आयोजना गरिएको क्लबका अध्यक्ष्य बिजय रानाले बताउनुभयो।

क्लबका अध्यक्ष बिजय रानाको सभापतितव ,वडा सदस्य शान्ति नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको संचालन क्लबका सचिब अनिश नेपालीले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि शान्ति नेपालीले सस्कृति जोगाउने जिम्मा अब युवापिढि को काधमा आएको बताउनुभएको थियो।

तरवार नचाएर एक आपसमा खुशी साटासाट गर्ने सराय नाच गुल्मी जिल्ला लगायत आसपासका क्षेत्रमा मान्ने प्रचलन रहिआएको छ। गुल्मी जिल्लाका अर्जै, अम्मरपुर, इस्मामैदान, धुर्कोट, उजुङ्गकोट, जोगिथुम, ताल्तुङ्ग, धागिथुम, चोयगा, चन्द्रकोट लगायतका स्थानमा मुख्यगरी सराय नाच गरिन्छ ।

पञ्चेबाजा सहित मन्दिरमा चढाएका खुकुरी र खुँडा नचाइ एकआपसमा जोडिएर सराय नाच खेलिने गरिन्छ। जिल्लामा दशैंको टीकाको दिनदेखि पूर्णिमासम्म सराय नाच देखाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय