नेपाली कांग्रेसद्वारा सवारी दुर्घटनामा ज्यान गुमाएका मुसिकोटबासी प्रती श्रदान्जली व्यक्त

नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितिले गत २७ गते राती तम्घासमा भएको सडक दुर्घटनामा ज्यान गुमाएका व्याक्तिहरुलाई उनिहरुको घर मै पुगेर श्रदान्जली व्यक्त गरेको छ।

उक्त दुर्घटनामा ज्यान गुमाएका मुसिकोट-२ जलजलेका संगिता सुनार र राधिका थापाको घर मै पुगेर आज श्रदान्जली व्यक्त गरेको हो। यसै बिच गत २८ गते वामी टक्सार झेदीमा भएको मोटरसाईकल दुर्घटनामा परि ज्यान गुमाएका मुनपा-४ धारापानीका सुरज हितानको घरमा पुगि नेपाली कांग्रेसले श्रद्धा सुमन व्यक्त गरेको छ।

उक्त अबसरमा स्थानियहरुले सडकको अबस्था कमजोर भएको कारण दुर्घटना बढेको भन्दै अबिलम्ब सडकको स्तरोन्नती गर्न दवाव दिन कांग्रेस नेताहरुलाई आग्रह गरेका थिए।

आजै नेपाली कांग्रेस मुसिकोटले गत २३ गते स्वर्गारोहण भएका मुनपा-३ का नेपाल तरुण दलका जिल्ला सदस्य गितिराज चालिसेका हजुरवुवा मधुसुदन चालिसेको स्मृतिमा उहाँ कै निवासमा शोक सभा सम्पन्न गरेको छ।

कार्यक्रममा महासमिती सदस्य महेन्द्र भन्डारी, पुर्व जिल्ला सचिव हरि नारायण सापकोटा, नेपाली कांग्रेस नगर सभापति मोहन घिमिरे, छायाँ सरकार प्रमुख झबिलाल भन्डारी, देविराम शर्मा, रबिन्द्र केसि लगायतले शोक मन्तव्य व्यक्त गरेका थिए।

यसै बिच नेका नगर सभापती मोहन घिमिरेले नगर भित्रका सबै सडक अबिलम्ब स्तरोन्नती गर्न नगरपालिकाले समय मै ध्यान नदिए बिरोधमाउत्रीने चेतावनी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय