भुलबस फोनमा रहेका तस्वीर डिलिट भए ? यसरी फिर्ता ल्याउनुहोस्

काठमाडौं । स्मार्टफोन प्रयोगकर्ताबीच अनलाइन फोटो ब्याकअपका लागि गुगल फोटोज सबैभन्दा लोकप्रिय प्लाटफर्म हो ।

Google Photos एपले निःशुल्क रुपमा अनलाइनमा तस्वीरहरुको ब्याकअपको सुविधा प्रदान गर्दछ ।गुगल फोटोजलाई एपमा मात्र होइन वेब संस्करणमा पनि चलाउन सकिन्छ । तर यदि तपाईंले भुलबस गुगल फोटोजमा रहेका तस्वीरहरु डिलिट गर्नुभयो भने के गर्ने ?

यसका लागि आत्तिनु जरुरी छैन । त्यसरी डिलिट भएका तस्वीरहरु पुनः हासिल गर्न सकिन्छ । बुझ्नैपर्ने कुरा के हो भने एकपटक डिलिट भएका तस्वीरहरु ६० दिनभित्रमा रिस्टोर गरिसक्नु पर्दछ ।

एन्ड्रोइड फोनमा तस्वीर कसरी रिस्टोर गर्ने ? सबैभन्दा पहिले फोनमा रहेको Google Photos खोल्नुहोस्
त्यसपछि वायाँ माथिल्लो भागको कुनामा रहेको ह्याम्बर्गर आइकनमा ट्याप गर्नुहोस् । अनि Trash अप्सन छान्नुहोस् ।
त्यसपछि तपाईंले जुन फोटोलाई पुनः स्थापित गर्न वा रिस्टोर गर्न चाहनुभएको हो त्यसमा ट्याप गर्नुपर्दछ । त्यसरी तपाईंले डिलिट भएको तस्वीर पुनः प्राप्त गर्न सक्नुहुन्छ ।
आइओएस डिभाइसमा कसरी गुगल फोटोज रिस्टोर गर्ने ?

Google Photos खोल्नुहोस्
बायाँ माथिल्लो भागको कुनामा रहेको ह्याम्बर्गर आइकनमा ट्याप गर्नुहोस्
त्यसपछि Bin अप्सन छान्नुहोस्
माथिल्लो भागमा बायाँपट्टि रहेको तीनवटा तेर्सो थोप्लाको आइकनमा ट्याप गर्नुहोस्
त्यसपछि Select अप्सनमा ट्याप गर्नुहोस् अनि रिस्टोर गर्न चाहेका तस्वीर छान्नुहोस् । त्यसरी तस्वीरमा ट्याप गरिसकेपछि पहिले डिलिट गरिएका ती तस्वीरहरु रिस्टोर हुनेछन् ।
वेब भर्सनमा कसरी गुगल फोटोज रिस्टोर गर्ने ?

कम्प्युटर वा ल्यापटपमा ब्राउजरमा गई https://photos.google.com/ मा गएर आफ्नो गुगल अकाउन्ट लगइन गर्नुहोस्
त्यसपछि होमपेजमा गएर बायाँ माथिल्लोपट्टि रहेको ह्याम्बर्गर आइकनमा क्लिक गर्नुहोस्
त्यसपछि Trash अप्सन छान्नुहोस् ।

आफूले रिकभर गर्न चाहेको फोटो छनोट गर्नुहोस्
त्यो पूरा भएसँगै माथिल्लो दायाँपट्टि रहेको Restore बटनमा क्लिक गर्नुहोस् ।
त्यसरी तपाईंले पहिले डिलिट भएका तस्वीर रिस्टोर गर्न सक्नुहुन्छ ।

–एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय