मनकारि गुल्मीका अधिकारिद्वारा मुसिकोटकि अतिबिपन्न माया बिकलाई दशैखर्च स्वरूप नगद रु दशहजार नगद सहयोग

सुरज भट्टराई गुल्मी । हिन्दुहरूको महानचाड बिजयादशमि तथा शुभदिपावलि हाम्रो घर आगनमा भित्रीएको छ ।

यो चाडवाड मा गरिब को घरमापनि चुलो बलोस भन्ने हेतुले गुल्मी मुसिकोट नगरपालिका वडा नं ५ ईन्द्रेगौडा अमलाबोट घर भई हाल जापानलाई कर्मथलो बनाउनुभएका महेन्द्र कुमार अधिकारी ले दशैखर्च स्वरूप अमलाबोट कै माया बिकलाई नगद रू दशहजार सहयोग गर्नुभएको हो।

आइतबार पत्रकार सुरज भट्टराई बिककै घरमा पुगेर पठाएको रकम प्रदान गर्नुभएको हो । को हुन मनकारी महेन्द्र कुमार अधिकारी ?

जापानमा नेपालिहरूको ढुकढुकी भनेर चिनीने अधिकारी गुल्मीको मुसिकोट नगरपालिका वडा नं ५ अमलाबोटमा बुवा मान ब अधिकारी र आमा मायादेवी अधिकारीको कोखबाट पहिलो सन्तान को रूपमा बि सः २0४१ सालमा जन्मिएका हुन ।

महेन्द्र ले समाजमा हुने बिभिन्न सामाजिक किर्याकलापमा पछि नहटिकन खुलेर सहयोग गर्ने गर्छन। सयौ बिपन्न गरिवीको रेखामुनि रहेका नेपालीलाई जापानसम्म पुर्याएर गरिबको चुलो बाल्न सहयोग गरेका उनि जापानमा आफ्नै ब्याबसाय सन्चालन गरिरहेका छन् ।

उनि त्यहापनि बिभिन्न सामाजिक किर्याकलापमा सक्रिय छन् । उनि NRNA जापानका सल्लाहकार हुन ।आपचौर सेवा समिती जापानका तत्कालीन अध्यक्ष , गुल्मेली समाज जापान को निवर्तमान महासचिव मा रहेर काम गरिरहेका थिए।

पत्रकार संगको प्रतक्ष कुराकानिमा आफुले समाजमा हुने अरूकिर्याकलाप दिनदुखीलाई सहयोग गर्न पछि नहट्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय