नेपाली काङ्ग्रेस मुसिकोट नगर समितिको कार्यालय स्थापना तथा उद्घाटन

बिष्णु प्रसाद आचार्य चकित । नेपाली काङ्ग्रेस मुसिकोट नगर कार्य समितिको कार्यालय मुसिकोट ७ वामिटक्सार बजारमा स्थापना तथा उद्घाटन भएको छ ।

देशमा सङ्घियता कार्यान्वयनमा आइसकेपछि नेपाली काङ्ग्रेस मुसिकोटले प्रथम नगर अधिवेशन सम्पन्न गरेपश्चात आज फुलपातिको दिनको अवसर पारेर नेपाली काङ्ग्रेस नगर पार्टि कार्यालयको स्थापना तथा उद्घाटन गरेको नगर कार्य समितिका सभापति मोहन घिमिरेले जानकारी दिनुभयो ।

कार्यक्रममा आजको दिन नेपाली काङ्ग्रेसको लागि खुसिको दिन भएको र अब सिङ्गो पार्टी भात्री तथा शुभेच्छुक सस्थाहरुको बैठक बस्न तथा कार्यक्रम गर्न सहज भएको नेपाली काङ्ग्रेस पुर्व जिल्ला सचिव हरिनारायण सापकोटाले बताउनुभयो

कार्यक्रममा महाधिवेशन प्रतिनिधि ज्ञानहरी सापकोटा,जिल्ला सदस्य कल्पना घिमिरे,वडा सभापति ,सचिवहरु लगायत समिती पदाधिकारी सहित आस्थावान तथा शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।

कार्यालय व्यवस्थापनको लागि भिमलाल सापकोटा,डिलाराम खरेल,कुल बहादुर के सि लगायतले फर्निचर सहयोग गर्ने प्रतिवद्दता जनाउनुभएको थियो ।भने पार्टी संचालनको लागि कार्यालय सन्चालनको कागी कल्पना घिमिरे र हरिनारायण सापकोटाले आर्थिक सहयोग गरेको घोषणा गर्नुभएको थियो । संचालन सचिव भीमसेन केसीले गर्नुभएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय