कांग्रेस नेता घर्तिद्वारा महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषण

भर्खर मात्र नेपाली कांग्रेसको आसन्न १४ अौ महाधिबेशनको लागि कांग्रेसको गाउँ नगर वडा अधिबेशन सम्पन्न भईसकेका छन ।

नेपाली कांग्रेसको आसन्न १४ अौ महाधिबेशनको लागि बडिगाड गाउँपालिका वडा नं ३ का निर्बतमान सभापती पूर्व महाधिवेशन प्रतिनिधि यामेन्द्र कुमार घर्ति मगरले १४ औ महाधिवेशनमा आदिवासी जनजातिबाट महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषण गर्नु भएको छ ।

सबल नेतृत्व चयन गरेर काँग्रेसलाई गतिशील बनाउने आफुले महाधिवेसन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेको उहाले बताउनु भयो ।

अहिले नेपाली काँग्रेस जस्तो अवस्थामा छ त्यही अवस्थामा चित्त बुझाउन सकिने ठाउँ छैन, उहाले भन्नु भयो काँग्रेसलाई अझ गतिशील बनाएर नेपाली जनताको समस्या समाधान गर्ने ल्याकत राख्ने पार्टी बनाउनुपर्छ । त्यसका लागि सक्षम र सबल नेतृत्व चयन आवश्यक छ ।

सत्ता सञ्चालन गर्न नसकेर कम्युनिष्टहरु बदनाम हुँदा पनि नेपाली काँग्रेसले जनताको मन जित्न नसक्नु अहिलेको पार्टीको सबैभन्दा ठूलो कमजोरी भएको भन्दै उहाले काँग्रेसलाई चलायमान गराउनु जरुरी रहेको बताए ।
घर्तीले सामाजिक उत्तरदायित्व सहितको सबल काँग्रेस हाम्रो चाहाना, १४ औं महाधिवेसनको कार्यभार सबल काँग्रेस बहुमतको सरकार भन्ने नारालाई सार्थक बनाउने गरी नेतृत्व चयनका लागि आफुले उम्मेदवारी दिएको बताउनु भयो ।

२०४८ सालमा नेपाल विद्यार्थी संघ रत्नलक्ष्मी माध्यमिक विद्यालय रिघाको ईकाइ सभापति भएर उहा नेपाली काँग्रेसमा आवद्ध हुनुभएको थियो। घर्ती २०५१ सालमा साबिक बागलुङ क्षेत्र नम्बर ३ को नेविसंघ उपसभापति, २०५६ सालमा नेपाल तरुणदल बागलुङको जिल्ला सदस्य समेत हुनुहुन्थ्यो ।

घर्ति अहिले पनि बिभिन्न सामाजिक कार्यहरु सँगै राजनितीमा पनि सक्रिए रुपमा आबद्द हुनुहुन्छ ।
काँग्रेसको आसन्न १४ औ महाधिवेशनमा आफुलाई अत्याधिक बहुमतले जिताउन पनि उहाले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय