प्रिर्य दाजु बधाई तथा शुभकामना !!

प्रिर्य दाजु बधाई तथा शुभकामना !! प्रिय दाजु मोहन घिमिरे , नेपाली काङ्ग्रेस मुसिकोटनगरपालिका सभापति

नेपाली काङ्ग्रेस को प्रथम नगर अधिबेशन हुँदै गर्दा तपाईं सभापति हुदै गर्दा मुसिकोटमा थप एक आशा पलाएको छ । तपाईं सचिव हुदा होस या अन्य कुनै पदमा हुदा लोकतान्त्रिक पार्टीको भात्री संगठनको रुपमा परिचित नेपाल बिद्यार्थी संघमा पनि कृयासिल देखेको थिए । चाहे त्यो अहिले म कार्यवाहक सभापति हुदा होस या अन्य कोही हुदा तपाईं ले नेविसंघ लाई जुनसुकै तबर बाट पनि प्राथमिकता दिनुभएको थियो ।

चाहे त्यो नेविसंघ मुसिकोट नगरपालिका को भबिस्य को बारेमा होस या त संगठन बिस्तारको क्रममा तपाईंको महत्त्वपूर्ण नेतृत्वको कारणले हामीले संगठन बिस्तार गर्न अझ सहज महसुस भएको थियो । चाहे त्यो साथ र सहयोग को हिसाबले नै किन नहोस् अाज को आवश्यकता नै युवा हो जुन नेतृत्व तपाईंको हातमा छ ।

अब मुसिकोट लाई कस्तो रुपमा लैजाने भन्ने तपाईंको ती राजनैनिक सपना मध्ये एउटा सपना पूरा गर्ने जिम्मा तपाईंको हातमा छ । जुन सपना स्व. सुदर्शन शाक्य को थियो जुन नेतृत्वले आज मुसिकोट नगरपालिका तथा आशपासका ठाउँ परिचित भए हो ठिक त्यो तरिकाले मुसिकोट नगरपालिका समृद्धि बनाउनु छ ।

हिजो स्व. सुदर्शन शाक्य ले जुन पाठ वा जुन जिम्मा हामीलाई दिनुहुन्थ्यो अाज त्यो जिम्मा तपाईंले हामीलाई दिनु आवश्यक छ । एक जिम्मेवारी ब्यक्ति भएर सबैको बफादार भै काम र भुमिका प्रति उत्तरदायी हुनुहुन्छ भन्ने म मात्र होइन सिङ्गो नेविसंघ मुसिकोट नगरपालिका ले नै आश गरेको छ । गुल्मी जिल्लाको ठुलो पालिकाको रुपमा मुसिकोट नगरपालिका स्थापित त छ नै अझ ब्यापक रुपमा बिकाशले फड्को मार्ने छ ।

तपाईमा हामीले देखेका ती सुक्ष्म सपनाहरू जुन हाम्रा अग्रणीले हामीलाई सिकाउनु भयो र पूरा गर्ने आश देखाउनु भयो ती हरेक कुराहरू तपाईंले पूरा गर्नुहुनेछ भन्दै पुन नेपाली काङ्ग्रेस मुसिकोट नगरपालिकाको सभापति हुनु भएकोमा बधाई तथा शुभकामना ब्यक्त गर्न चाहन्छु । – गम्भिर  खत्रि मुसिकोट नगरपालिका ८ गुल्मी । जय नेपाल !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय