जन्म दिनको अवसरमा विपन्न विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री र पोशाक वितरण

विष्णुप्रसाद आचार्य मुसिकोट गुल्मी – गुल्मीको मुसिकोट नगरपालिकामा जन्म दिनको अवसरमा विपन्न विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको छ ।

गोल्डेन फ्युचर एकेडेमी वामीको कक्षा २ मा अध्ययनरत इशिका तिवारीले आफ्नो जन्म दिनको अवसर पारेर श्री जनज्योति प्राथमिक विद्यालय वामी सेरामा अध्ययनरत ५ जना विपन्न विद्यार्थीहरुलाइ उनले सामाग्री हस्तान्तरण गरेकी हुन ।

आफुले गुल्मी समाज भिक्टोरिया समाजद्वारा प्राप्त गरेको पुरस्कार रकम र आफ्नो जम्मा गरि राखेको दक्षिणाबाट संकलन भएको रकमबाट उक्त विद्यालयका सरस्वती कुमाल,प्रबिन

नेपाली,पुनम चमार,पविना कुमाल र दीपशिखा कुमाललाइ तयारी कमीज,पाइन्ट,जुत्ता,कापी,पेन्सिल र मुसुरोको दाल लगायतका सामाग्री हस्तान्तरण गरेकी हुन ।

उनका बुवा रामु तिवारी रुद्रावती बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख र गोल्डेन फ्युचर एकेडेमीका पृन्सिपल हुनुन्छ भने आमा ब्यापार व्यसाय र समाजसेवामा कृयाशिल भएकोले पनि उनलाइ सानैदेखि सामाजिक क्षेत्रमा सहयोग गर्ने रुचि बढेको पाइन्छ ।

इशिका तिवारी आफू स्वयं ७ कर्षकी बालिका भएपनी आफुसरहका विपन्न परिवारका साथीहरूलाई सानो भएपनी सहयोग गर्न पाउँदा खुसिले गदगद भएको प्रतिक्रिया दिएकी छन ।

साना साना बालबालिकाहरुमा पश्चिमा सस्कृतिको प्रभाव परिरहेको बेला इशिकाको यो कदमलाई सस्कृती र सस्कार बचाउमा महत्त्वपूर्ण रहेको धेरैको ठम्याइ छ ।

हस्तान्तरण कार्यक्रममा इशिकाका दाजु शुभम तिवारी,विद्यालयका शिक्षक विष्णुप्रसाद आचार्य,सरस्वती चालिसे,सङ्गिता खराल,पबित्रा सापकोटा , गोमा खराल लगायतले इशिकालाइ शुभकामना दिनुभएको थियो ।

उनले आफ्नै हातबाट विद्यार्थीहरुलाइ सामाग्री हस्तान्तरण गरेकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय