सरकार विस्तारमा देउवाको चरम लापरवाही, कहिले हुन्छ मन्त्रिपरिषद् विस्तार ?

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारमा अचाक्ली लापरवाही गरेका छन् ।

सत्ता सम्हालेको तीन महिना पुग्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार नगरेर उनले आफ्नो अक्षमताको स्पष्ट सन्देश फेरी एकपटक पनि दिएका छन् ।असार २८ मा सर्वाेच्च अदालतको फैसलाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्यूत गरी शेर

बहादुर देउवालाई नियुक्त गर्न राष्ट्रपति निवासको नाममा परमादेश दिएको थियो ।सोही अनुसार देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए ।

पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री भएका देउवाले अनेक बहाना बनाउँदै हालसम्म ५ जना मन्त्रीबाटै देश चलाइरहेका छन् ।

बाँकी मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्रीले विभिन्न वाहनावाजी गरिरहेका छन् ।हालसम्म अध्यादेश लगायतका विभिन्न वाहाना बनाएका देउवाले अहिले फेरी नयाँ वाहना पाएका छन् । एमाले विभाजन गरी गठन भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिरामी भएकाले विस्तार गर्न नसकिएको बताउन थालेका हुन् ।

नेपाल अस्पतालबाट डिस्चार्ज भएपछि मात्र मन्त्रिपरिषद्ले पूर्णता पाउने उनकै क्याविनेटका एक मन्त्रीले बताए।गठबन्धनमा कुन दलले कुन मन्त्रालय लिने भन्ने विषयमा भागबण्डा नमिलेको कारण सरकारले पूर्णता पाउन समय लागेको ती मन्त्रीले बताए ।

‘मन्त्रालयको भागवण्डा अझै मिलेको छैन’, उनले भने, ‘माधव नेपाल बिरामी भएकाले सहमति गर्न गाह्रो भयो। उहाँ डिस्चार्ज भएपछि छलफल गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिइनेछ।’’यद्यपि सरकार विस्तार गर्न नेकपा एसले मन्त्री बन्नेहरुको नाम यसअघि नै दिइसकेको कारण आफूहरुको कारण सरकारलाई अपठ्यारो नपरेको बताएको छ ।

नेकपा एसबाट विरोध खतिवडाको नेतृत्वमा सरकारमा जाने सहमति भइसकेको छ र नेपालले देउवालाई नाम समेत बुझाइसकेका छन् ।नेपाल अस्पतालबाट सोमबार डिस्चार्ज हुने उनको सचिवालयले जनाएको छ। नेपाललाई रुघाखोजी र ज्वारो आउने भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको चिकित्सकहरुले बताएका छन्।

यस्तै, देउवासँग गठबन्धनमा सहभागी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव चिढिएको बताइएको छ। यादव उपप्रधानसहित परराष्ट्र मन्त्रीको जिम्मेवारी लिएर सरकारमा जाने योजनामा थिए। देउवाले पनि यादवलाई परराष्ट्रमन्त्री दिने आश्वासन दिएका थिए। अन्तिममा देउवाले आफू निकट नारायण खड्कालाई परराष्ट्र मन्त्री बनाएपछि असन्तुष्ट भएका हुन्।

अहिलेसम्म प्रधानमन्त्री देउवाले अर्थ, गृह, उर्जा, परराष्ट्र कानुन मन्त्री र स्वास्थ्य राज्यमन्त्री मात्रै बनाएका छन्। अरु १७ मन्त्रालय प्रधानमन्त्रीले आफ्नो भागमा राखेका छन्। गठबन्धनमा कति मन्त्रालय कुन दलले दिने भन्ने विषयमा सहमति भइसकेको छ।

कांग्रेसले प्रधानमन्त्रीसहित सात, माओवादी र एकीकृत समाजवादी ५ मन्त्री र एक राज्य मन्त्री पाउने सहमति भएको छ। जनता समाजवादी पार्टीमा ४ मन्त्री र एक राज्य मन्त्री दिने सहमति भएको छ।

तर सरकार गठन भएको तीन महिना हुन लाग्दा पनि सरकारलाई पूर्णता दिन नसकेका देउवामाथि चौतर्फी आलोचना भइरहेको छ । तर उनले ती आलोचनाहरुलाई सुनेका छैनन् । आफ्नो पार्टीभित्रैको कचिङ्गल र अबको महाधिवेशनमा सभापति पदमा आफ्नो सिट जोगाउनको निम्ती पनि उनले सरकारलाई हतियार बनाएको कतिपयको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय