नयाँ मन्त्री नियुक्तिबारे प्रचण्डको यस्तो खुलासा !

काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारका लागि सत्ता साझेदार दलबीच संवाद भइरहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले भने, ‘आगामी १–२ दिनभित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ ।’देशमा ठूलो कम्युनिस्ट शक्ति

निर्माण गरी देशलाई समृद्धितर्फ लैजाने योजनाअनुरुप आफूले नेकपा एमालेसँग पार्टी एकता गरेको तर एकता नटिकेको उनले बताएका छन् ।

अध्यक्ष प्रचण्डले लामो संघर्षपछि प्राप्त उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् । अहिलेको ५ दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा छलफल चलिरहेको बताउँदै विचार मिल्नेसँग एकताका लागि छलफल जारी राख्न कार्यकर्तालाई निर्देशन दिए ।

नेपाली कांग्रेस, एकीकृत समाजवादी पार्टी लगायतसँग चुनावसम्मै तालमेल हुनसक्ने प्रचण्डले बताए ।- मिडिया डबली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय