काँग्रेस मुसिकोट नगर सभापतिका लागि ३ जनाको उम्मेदवारी

गुल्मी । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै मुसिकोट नगरपालिकामा हुने नगर अधिवेशनमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ ।

काँग्रेसले जिल्लाका सबै वडा अधिवेशन सम्पन्न गरेसँगै नगर सभापतिका आकाङ्क्षीले उम्मेदवारी घोषणा गर्न थालेका हुन् । नेपाली काँग्रेस मुसिकोट नगर समितिको सभापति पदका लागिअहिलेसम्म ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

नगर समिति सभापतिमा नेपाली काँग्रेस मुसिकोट छाँया सरकार प्रमुख समेत रहनुभएका झविलाल भण्डारी,नगरसचिव मोहन घिमिरे र वडा नम्बर ७ का पुर्ब वडा सभापति तिर्थमणी काफ्ले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यद्यपी अन्य पदका लागि भने अहिलेसम्म कसैले उम्मेदवारी घोषणा गरेका छैनन् ।

भण्डारीले आगामी स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई मुसिकोटमा पहिलो पार्टीका रुपमा स्थापित गर्न र आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई अत्यधिक स्थानमा विजयी गराउने लक्ष्यका साथ आफुले उम्मेदवारी घोषणा गरेको जानकारी दिनुभयो ।

नेपाली काँग्रेसलाई जनताको पार्टीको रुपमा स्थापित गर्दै सबल नेतृत्वको आधारमा सगंठनलाई संस्थागत गर्न आफ्नो उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

त्यस्तै पार्टीमा युवा नेतृत्वलाई मौका दिनुपर्ने भन्दै पार्टीको विकास र पार्टीलाई सबल एवं मजबुत बनाउँदै नागरिक र पार्टी प्रतिको सकारात्मक चिन्तनलाई शिरोपर गरी समृद्ध मुसिकोट लागि सबल काँग्रेस निर्माणमा अनवरत रुपमा लाग्ने प्रण गर्दै आफुले उम्मेदवारी घोषणा गरेको घिमिरेले जानकारी दिनुभयो ।

त्यसै गरी काँग्रेस मुनपा वडा न. ७ का पुर्ब वडा सभापति काफ्लेले नगर सभापतिमा उमेतवारी घोसणा गर्दै सम्पुर्ण मुसिकोट क्रियाशिल क्रीयाशिल सदस्य र क्षेत्रीय प्रतिनिधिहरुको साथ सहयोग र बिस्वास पाएमा  संघठन निर्माण  तथा व्यबस्थापनको लागि निरन्तर खटिरहने प्रतिबद्धा व्यक्त गर्नु  भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय