इन्स्टाग्राममा फलोअर्स कसरी बढाउने ५ काइदा

सोसल मिडियाको अहिलेको जमानामा अधिकांश युवाहरु इन्स्टाग्राममा उपस्थित छन् । फोटो शेयरिङ एप इन्स्टाग्राममा आफ्ना उत्कृष्ट तस्वीरहरु शेयर गर्ने होडबाजी चल्छ आम प्रयोगकर्तादेखि सेलिब्रेटीसम्म ।

इन्स्टाग्रामका आफ्नो पोस्टमा कति लाइक्स, शेयर्स, कमेन्ट्स आएका छन् तथा आफ्ना फलोअर्स कति छन् ? भन्ने कुरामा नयाँ पुस्ताका प्रयोगकर्ताबीच प्रतिस्पर्धा नै हुने गर्दछ । इन्स्टाग्राममा फलोअर्स बढाउनका लागि अनेक उपाय अपनाउने गर्दछन् उनीहरु । यदि तपाईं पनि इन्स्टाग्राममा फलोअर्स बढाउन चाहनुहुन्छ र आफ्ना पोस्टमा लाइक्स तथा प्रतिक्रिया बढि प्राप्त गर्न चाहनुहुन्छ भने यी काइदा अपनाउन सक्नुहुन्छ :

आफ्नो बायो आकर्षक बनाउनुहोस्-जब कसैले इन्स्टाग्राममा तपाईंको प्रोफाइल खोल्दछ, सबैभन्दा पहिलो उसको नजर तपाईंको बायोमा पर्दछ । त्यसैले तपाईंले आफ्ना पोस्ट तथा स्टोरीजभन्दा पहिले आफ्नो बायो अर्थात् परिचय खण्डमा ध्यान दिनु पर्दछ ।

बायोमा आफूसँग सम्बन्धित महत्वपूर्ण जानकारीहरु, आफ्ना रुचिलगायतका कुरा आकर्षक तथा सटिक ढंगले प्रस्तुत गर्नुहोस् । कसैलाई इन्स्टाग्राममा फलो गर्ने कि नगर्ने भन्ने कुरामा उसको बायोले पनि ठूलो भूमिका खेलेको हुन्छ ।

क्याप्सनमा ध्यान दिनुहोस्-इन्स्टाग्राममा तपाईंले अपलोड गर्ने तस्वीर जति महत्वपूर्ण हुन्छ त्यत्ति नै महत्वपूर्ण उक्त फोटोसँगै दिने क्याप्सन अर्थात् शीर्षकमा पनि हुन्छ । आफ्नो इन्स्टाग्राम पोस्टमा आकर्षक क्याप्सन राख्ने कुराले फलोअर्सको संख्या बढाउन वा पोस्टमा लाइक तथा कमेन्ट बढाउनमा ठूलो भूमिका खेल्दछ ।

एक अध्ययन अनुसार इन्स्टाग्राममा १० लाखभन्दा धेरै फलोअर्स भएका प्रयोगकर्ताका क्याप्सन विनाकै पोस्ट बढी मन पराइएको पाइएको छ भने १० हजारभन्दा कम फलोअर्स भएका प्रयोगकर्ताको हकमा भने क्याप्सनयुक्त इन्स्टाग्राम पोस्टमा बढी प्रतिक्रिया आउने अर्थात् लाइक्स तथा कमेन्ट प्राप्त हुने गरेको छ ।क्याप्सनलाई कम्तिमा ५० अक्षरसम्मको बनाउनु तथा इमोजीको पनि प्रयोग गर्नु बढी प्रभावकारी हुने देखिएको छ ।

Alt Text फिचरको प्रयोग-इन्स्टाग्राममा रहेको यो फिचरका बारेमा धेरैलाई थाहा नहुन सक्दछ । इन्स्टाग्राममा आफूले अपलोड गर्ने फोटोसँगै Alt text पनि राख्नाले तपाईंको तस्वीर भित्रका सामग्रीहरुको बारेमा इन्स्टाग्रामले वर्णन गरिदिनेछ । साइटमा फोटो नखुलेमा वा दृष्टिविहीनहरुका लागि समेत यो फिचर निकै उपयोगी हुन्छ । यसले इन्स्टाग्राम अल्गोरिदमलाई तपाईंको पोस्ट के को बारेमा हो भन्ने कुरा बुझ्न पनि मद्धत गर्दछ । इन्स्टाग्राममा यो फिचर सक्रिय बनाउनका लागि advanced settings अप्सनमा जानुपर्दछ ।

ह्यासट्यागको महत्व-इन्स्टाग्राम पोस्टमा ह्यासट्यागले ठूलो भूमिका खेल्दछ । इन्स्टाग्राम पोस्टमा क्याप्सनसँगै ह्यासट्याग राख्नाले निकै प्रभावकारी हुन्छ । यसो गर्दा सो ह्यासट्यागको ह्यासट्यागको ट्रेन्डिङ पोस्टमा तपाईंको पोस्ट पनि पर्न सक्दछ जसले तपाईंको अकाउन्टलाई बुस्ट गर्नेछ ।

लाइक्स, भ्यूज तथा कमेन्टमा ध्यान दिनुहोस्-यदि तपाईंको अकाउन्ट एक क्रिएटर अकाउन्ट हो भने तपाईंलाई आफ्ना पोस्टहरुमा अन्य प्रयोगकर्ताको इन्गेजमेन्टलाई ट्रयाक गर्ने सुविधा पनि हुन्छ । एक प्रोफेसनल ड्यासबोर्डका माध्यमबाट तपाईंले आफ्नो सामग्री कति जनाले हेरिरहेका छन्, सबैभन्दा धेरै कुन पोस्ट मन पराइरहेका छन् भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । यसरी आफ्नो इन्स्टाग्राम अकाउन्टको अध्ययन गर्नु पनि निकै महत्वपूर्ण हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय