कांग्रेस मुसिकोट नगर सभापतिमा झविलाल भण्डारीको उम्मेदवारी घोषणा

गुल्मी: नेपाली कांग्रेसको आसन्न चौधौँ महाधिवेसनका लागि मुसिकोट नगरपालिकाको नगर सभापतिमा झविलाल भण्डारीले उम्मेदवारी घोषणा गर्नुभएको छ।

नेपाली कांग्रेसका क्रियाशील नेता तथा समाजसेवी भण्डारी गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट मुसिकोट नगरपालिका-३ मा वडाध्यक्ष पदको उम्मेदवार पनि हुनुहुन्थ्यो। उक्त निर्वाचनमा उहाँ झिनो मतान्तरले पराजित हुनुभएको हो।

नगर सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गर्दै भण्डारीले असोज १९ गते हुन गईरहेको नगर अधिवेशनमा सबैलाई सहभागिता जनाउन आग्रह पनि गर्नुभएको छ।

साथै उहाँले अधिवेशनलाई सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण नेता-कार्यकर्ताहरु, सञ्चारकर्मी, सुरक्षा निकायका व्यक्तिहरुलाई धन्यवाद ज्ञापन पनि गर्नुभएको छ।

राष्ट्रियता, लोकतन्त्र र समाजवादमा आधारित समुन्नत समाज निर्माणमा टेवा पुर्याउनु नेपाली कांग्रेसको उद्देश्य रहेको बताउदै उहाँले सबल नेतृत्वको आधारमा संगठनलाई संस्थागत गर्न आफूले उम्मेदवारी दिएको बताउनुभयो।

नगर सभापति पदमा नेपाली कांग्रेस, मुसिकोट नगरपालिकाका सचिव मोहन घिमिरेले यस अघिनै उम्मेदवारी घोषणा गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय