विष्णुप्रसाद आचार्य,मुसिकोट गुल्मी ।
गुल्मीको मुसिकोट नगरपालिकाले आफ्नो नगरपालिकाभित्र संचालित विद्यालयका बालविकाश सहयोगी कार्यकर्ताहरुलाइ ४ दिने तालिम दिने भएको छ ।

यहि असोज १५ गतेदेखि १८ गतेसम्म दिइने तालिममा नगरभित्रका नगरद्वारा र सङ्घिय सरकारद्वारा संचालित बालविकाश केन्द्रका शिक्षकहरुलाइ तालिम दिइने मुसिकोट नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
शिक्षकहरुको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन्चालन गर्न लागिएको सो तालिम मुसिकोट नगरपालिकाको एकमात्र क्याम्पस रुद्रावती बहुमुखी क्याम्पस भवनमा सन्चालन हुने नगरपालिकाले बताएको छ ।
बिहानको १० बजेदेखी तालिम सन्चालन हुने शिक्षा शाखा प्रमुख प्रकाश नेपालीद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।