नेपाली काँग्रेस मुसिकोट नगरपालिका वडा न. ७ वडा कार्यसमितिको पहिलो बैठक सम्पन्न

भुवन काफ्ले मुसिकोट, गुल्मी । नेपाली काँग्रेस मुसिकोट नगरपालिका वडा न. ७ वडा कार्यसमितिको पहिलो बैठक मंगलबार वामीटक्सारमा सम्पन्न भएको छ ।

नेपाली काँग्रेस मुसिकोट नगरपालिका वडा न. ७ वडा कार्यसमितिका सभापति तेजिन्द्र जिसिको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा वडा निर्बाचित क्षेत्रिय प्रतिनिधि र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुबिच बिभिन्न बिषयमा छलफल भएको कार्य समितिका सभापति जिसिले जानकारि दिनुभयो ।

बैठकले मुसिकोट नगरपालिका वडा नम्बर ७ मा रहेको पुर्ब नेपाली काँग्रेँस वडा कार्यसमितिलाई बिशेष धन्यवाद दिने निर्णय गरेको छ।

यसै गरी उक्त वडा कार्यसमिति बैठकले नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिका सभापति स्वर्गिय शुदर्सन शाक्यले नेपाली काँग्रेस पार्टिका लागि गरेको योगदानको उच्च मुल्याङकन गर्दै उहाँको सम्झनामा शोक प्रस्ताव पारित गरिएको कार्य समिति सचिब डिलाराम खरेलले जानकारि दिनुभयो ।

साथै नेपाली काँग्रेस मुसिकोट नगर कार्यसमितिले वडा नम्बर ७ को नव निर्बाचित क्षेत्रिय सदस्य तथा वडा कार्यसमितिलाई स्वगत तथा सफल कार्यकालको लागी शुभकामना समेत ब्यक्त गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर