विशेष अदालतद्वारा चूडामणि शर्मासँग ५० लाख रुपैयाँ धरौटी माग

काठमाडौं । तत्कालीन कर फर्छ्योट आयोगका सदस्य एवम् आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक चूडामणि शर्मालाई विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी मागेको छ ।

कर फर्छ्योट आयोगले व्यवसायीहरूलाई जथाभाबी कर छुट दिएर राज्य कोषलाई घाटा पुर्‍याएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शर्मामाथि भ्रष्टाचार मुद्दा चलाएको हो । आज विशेष अदालतमा हाजिर भएका शर्मालाई बयानपछि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश गरेको हो ।

जथाभाबी कर छुट दिएर राज्य कोषमा एक अर्ब ३३ लाख २० हजार पाँच सय ८५ रुपैयाँ घाटा लगाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको असार ९ गते शर्मासहित तत्कालीन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो पनि पढ्नुहोस्
रामकृष्ण कंडेल, गुल्मी: नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गतको नगर अधिवेशनमा आफूले मुसिकोट नगर कार्य समितिको सभापति पदमा उम्मेदवारी दिन गैरहेको पार्टीका वर्तमान नगर सचिव मोहन घिमिरेले जानकारी दिनुभएको छ।

आज सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले आसन्न निर्वाचनमा नगर सभापतिमा उम्मेदवारी दिन गइरहेको र आफूलाई विजयी गराउनको लागि पार्टीका सम्पूर्ण नेता-कार्यकर्ताहरुको समक्ष सहयोगको अपेक्षा गर्नुभएको छ। आफ्नो फेसबुकमा घिमिरेले लेख्नुभएको छ, ‘नेपाली कांग्रेस मुसिकोट गुल्मीको आसन्न प्रथम नगर अधिवेशनमा नगर सभापति पदमा मेरो उम्मेदवारी रहनेछ।’

नगर सचिव घिमिरेले भन्नुभएको छ, ‘अग्रजको सम्मान, युवाहरुको क्रियाशीलता र आम नागरिकहरूको पार्टी प्रति सकारात्मक चिन्तनलाई सिरोपर गरी समृद्ध मुसिकोटको लागि सबल कांग्रेस निर्माणमा अनवरत रुपले लाग्ने प्रण गर्दछु।’

सचिव घिमिरेले आसन्न नगर अधिवेशनमा आफूलाई सभापति पदको उम्मेदवारी घोषणा गरे पश्चात आज उहाँका सयौँ शुभचिन्तकहरुले सफलताको लागि देश विदेशबाट शुभकामना व्यक्त गरेका छन्। यस पदका लागि झविलाल भण्डारीको पनि दा’वेदारी रहने बताइएको छ।

मुसिकोट नगर अधिवेशनमा पार्टीको तर्फबाट सभापतिमा कति जनाको उम्मेदवारी पर्ने हो त्यो समयले नै बताउँला तर सचिव घिमिरे युवा तथा जु’झारु परिपक्क नेता भएको हुनाले घिमिरेको सभापति पदको उम्मेदवारी घोषणालाई अर्थपूर्ण रुपमा हेरिएको छ। सचिव घिमिरेले पटक-पटक पार्टी केन्द्रले महाधिवेशनको मिति सार्ने गरेकोमा वि’रोध समेत जनाउनु भएको छ।

केही समय पहिले फेसबुक वालमा आफ्नो असह’मति व्यक्त गर्दै घिमिरेले भन्नुभएको थियो, ‘अधिवेसनको मिति पटक-पटक सार्ने, कार्यकर्तालाई भ्र’म र अन्योलमा राख्ने, अधिवेशन तयारीको लागि कार्यकर्ता तहबाट भएका सबै तयारी र खर्चलाई बेवा’स्ता गर्ने, केन्द्रका नेताको स्वा’र्थ अनुकुल कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीको संगठनात्मक एकतामाथि पटक-पटक प्रहा’र गर्ने कामले कांग्रेस मात्र होईन; समग्र देश र लोकतान्त्रिक शा’सन पद्दतीलाई नै स्ख’लि’त बनाउदछ।’

उहाँले अगाडि लेख्नुभएको छ, ‘नेतृत्वका यी र यस्ता कदमहरुलाई रोक्ने महत्वपुर्ण जिम्मेवारी र दबाव सिर्जना गर्ने माध्यम पार्टीको जिल्ला कार्य समिति नै हो। यथोचित समयमा पार्टीको अधिवेशन नगरी कार्यकर्ताको मिहिनेत, श्रम र समयको सम्मान गर्न पार्टी नेतृत्व बारम्बार चु’किरहदा आउन सक्ने प्र’तिकु’ल नतिजाले सिङ्गो पार्टीलाई नै नो’क्सान पुर्याउने निश्चित छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय