एमालेमा वामदेवको राजीनामा अस्विकृत, केन्द्रीय कमिटी बैठकमा निम्तो

काठमाडौं । एमाले उपाध्यक्षबाट राजीनामा दिएका नेता वामदेव गौतमलाई एमालेले जारी केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन निम्तो गरेको छ ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार उनलाई मोबाइलमा म्यासेज र फोन गरेर बैठकमा आउनु भनिएको छ । यसअघि बसेको स्थायी कमिटी बैठकमा पनि उनलाई बोलाइएको थियो । तर सहभागी भएनन् ।गौतमले दिएको राजीनामा स्वीकृत भइनसकेको र निर्वाचन आयोगको अभिलेखमा समेत गौतमको पद कायम रहेका कारण केन्द्रीय कमिटी बैठकमा समेत उनलाई बोलाइएको तामाङले जानकारी दिए ।

बैठकमा बोलाइए पनि उनी सहभागी भने भएका छैनन् । एमालेले विधान महाधिवेशनमा भने गौतम सहभागी हुने अपेक्षा गरेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको पदाधिकारी चयनमा गौतमको नाम नपरेपछि उत्साही भएको एमालेले गौतमले राजीनामा फिर्ता लिने दाबी गर्दै आएको छ ।

तर गौतम भने एमाले अध्यक्ष केपी ओलीको कार्यशैली र माधव नेपाल नेतृत्वको नेकपा (एस) ले अंगाल्ने सैद्धान्तिक लाइनप्रति असन्तुष्ट छन् । उनी निकट नेताहरूसमेत नेकपा (एस)को पदाधिकारीमा अटाएका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय