संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीश बस्ने कि नबस्ने ? आजै छिनोफानो हुने

काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायधिश बस्न पाउने या नपाउने भन्ने विषयमा परेको रिटको छिनोफानो आज हुने भएको छ ।

उक्त रिटको सुनुवाई न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोज कुमार शर्माको इजलासमा परेको हो ।संवैधानिक परिषदले गरेका संवैधानिक नियुक्तिविरुद्धको रिटमाथिको सुनुवाईमा प्रधानन्यायाधीश बस्न नमिल्ने विवादपछि अदालतमा मुद्दा परेको थियो ।

न्यायाधीश हरि फुँयालको एकल इजलासले यसबारेमा लिखित जवाफ प्राप्त भएको ३ दिनपछि पेसी तोक्न दिएको आदेश बमोजिम आज पेसी तोकिँदैछ ।

प्रधानन्यायाधीशले सो मुद्दाको शुरु र फैसलाको दिन आफू नबस्ने भनेको भन्दै उक्त निर्णय संविधानविपरित भएको दावीसहित अधिवक्ता गणेश रेग्मीले रिट दर्ता गरेका थिए । आजको फैसलाले संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विषयको टुंगो लगाउने छ ।

यो पनि पढ?नुहोस्
चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको कार पृथ्वी राजमार्गको मुग्लिन नजिकै नाग्दि खोलामा गएराति १२ः ३० बजे दुर्घटना हुँदा तीनजना बेपत्ता भएका छन् भने एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ।

कार त्रिशुली नदीमा खसेर दुर्घटनाग्रस्त भएको ट्राफिक प्रहरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीले जानकारी दिए।

प्रहरीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै १०० मिटर तल त्रिशुली नदीमा खसेको हो।घटनामा उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ।

‌दुर्घटनामा बेपत्ता भएकाहरूमा पोखरा महानगरपालिका वडा नं ७ कै अन्दाजी ५५–६० वर्षिय प्रेम भुजेल, ५५–६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षिया ईश्वी भुजेल रहेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय