जन्म दिनको अवसरमा विद्यार्थीहरुलाइ पोशाक र शैक्षिक सामाग्री

बिष्णु प्रसाद आचार्य मुसिकोट,गुल्मी । जन्म दिनको अवसर पारेर मुसिकोट नगरपालिकाको वडा नम्बर ७ वामी सेरा स्थित जनज्योति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको छ ।

मुसिकोट नगरपालिका ७ वामी टारका होमनाथ सापकोटाले आफ्नो जन्म दिनको अवसर पारेर उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ पन्ध्र हजार बराबरको शैक्षिक सामाग्री र पोशाक वितरण गरेको विद्यालयले जनाएको छ ।

पछिल्लो समय जन्म दिनको नाममा विभिन्न भोजहरु गरि फजुल खर्च गर्ने परम्परा हाबी भएको र त्यो हाम्रो परम्परा नभएको भन्दै आफ्नो सानो सहयोगले विद्यार्थीहरुलाइ प्रेरणा सङ्गै सहयोग मिलोस भन्ने उद्येश्यले सहयोग गरेको होमनाथ सापकोटाको भनाइ छ ।

साथै उहाको श्रीमती  सीता सापकोटाले केही समय अगाडि उक्त विद्यालयमा अध्यापन गराएको र विद्यालय समाज र विद्यार्थीप्रतिको मायाले आफुले सहयोग गरेको उहाको भनाइ छ ।

 

प्राप्त रकमबाट कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई कापी र कलम प्रदान गरिएको छ भने बालविकासका विद्यार्थीहरुलाइ न्यानो स्विटर हस्तान्तरण गरिएको विद्यालयका अध्यक्ष डिलाराम खरेलले बताउनुभयो ।

कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष डिलाराम खरेल,प्रधानाध्यापक सुमित्रा भण्डारी,वडा नम्बर ७ का वडा सदस्य लक्ष्मण प्रसाद खराल लगायतले बोल्दै सहयोगी होमनाथ सापकोटालाई धन्यवाद प्रकट गर्दै सु स्वास्थ्य,दीर्घायु एवम उत्तरोत्तर प्रगतिको कामना गर्दै आफ्नो सस्कृती बचाउमा सघाउ पुराएको भन्दै आभार प्रकट गर्नुभएको थियो ।

सामाग्री हस्तान्तरण कार्यक्रमको सन्चालन शिक्षक विष्णुप्रसाद आचार्यले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय